सिलिंगे सहकारीले बाँड्यो आलुको बिउ

लेखनाथ ।
आफ्ना सेयर सदस्यहरुलाई कृषि उत्पादनतर्फ अग्रसर गराउने उद्देश्यले पोखरा २६ को सिलिंगे कृषि उत्पादन सहकारी संस्थाले आलुको बिउ वितरण गरेको छ । खेतबारी बाँझो राख्ने र बजारबाट तरकारी किनेर खाने चलनलाई केही हदसम्ममा भएपनि रोक्ने उद्देश्यका साथ सहकारीले ५० प्रतिशत अनुदानमा समय अनुसारका बिउबिजन वितरण गर्दै आएको हो ।
यसै क्रममा संस्थाले यो वर्ष सेयर सदस्यको आवश्यकतालाई बुझेर १ सय ८० कृषकहरुलाई करिब २ हजार किलो आलुको बिउ वितरण गरेको छ । कृषि ज्ञान केन्द्रको कास्कीको अनुदानमा उपलब्ध भएको बिउलाई किसानहरुलाई वितरण गरी तरकारीजन्य वस्तुमा आत्मनिर्भर हुन यस खालका कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाटले बताए ।
संस्थाले समयसमयमा कृषि औजार, अदुवाको बिउ लगायत मौसम अनुसारका तरकारीका बिउबिजनहरु वितरण गर्दै आएको संस्थाका व्यवस्थापक विकास रानाभाटले जानकारी दिए । संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ईश्वरीप्रसाद अधिकारी, उपाध्यक्ष यदुनाथ बराल, सल्लाहकार मुरारी शर्मा, चन्द्रबहादुर रानाभाट र कृषि प्रवद्र्धन उपसमितिका संयोजक सूर्यप्रकाश बञ्जरा लगायतले आलुको बिउ पाएपछि किसानहरु उत्साहित भएकाले पुन थप बिउका लागि पहल गर्ने र किसानहरुले पनि व्यावसायिक रुपमा उत्पादन गरेर आफनो आयआर्जन बढाउनुपर्ने सुझाव राखेका थिए ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया