रामकृष्ण टोल ल्हाम पुचद्वारा फुटसल प्रतियोगिता
पोखरा ।
कास्की ल्हाम पुचको आह्वानमा रामकृष्ण टोल ल्हाम पुचले आयोजना गरेको फुटसल प्रतियोगिताको उपाधि हेमजा ल्हाम पुचले जितेको छ । १६ टिम सहभागी रहेको प्रतियोगितामा तेर्सापट्टी ल्हाम पुच दोस्रो भएको छ । बिफिट स्पोर्टस् गणेशटोलमा आयोजित प्रतियोगिताको फाइनलमा हेमजाले तेर्सापट्टीलाई २ का विरुद्ध ५ गोलले विजय प्राप्त गरेको थियो ।
प्रथम हुनेले ४० हजार रुपैयाँ नगदसहित ट्रफी र दोस्रो हुनेले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे । उत्कृष्ट खेलाडी तेर्सापट्टीका सुरज श्रेष्ठ भए भने तेर्सापट्टीका सञ्जय जलारीले बेस्ट डिफेन्डरको पुरस्कार जिते । बेस्ट गोलकिपर हेमजाका विराज श्रेष्ठ भए । मालेपाटनको टिमले सान्त्वना पुरस्कार पाएको थियो ।
बेस्ट सेलेब्रेसन टिम रानीपौवाले जितेको प्रतियोगिताको हाई स्कोरर हेमजाका सुविन श्रेष्ठ भएका थिए । ३ दिन चलेको कार्यक्रमको संयोजन रमेश लिगलले गरेका थिए ।
प्रतियोगिताको समापन नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको थियो । कास्की ल्हाम पुचका अध्यक्ष विनीत जोजिजु प्रमुख अतिथि थिए । उनले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । रामकृष्ण टोल ल्हाम पुचले ७३ सालमा यस्तै प्रतियोगिता आयोजना गरेको थियो ।
तपाईको प्रतिक्रिया