साइकल यात्रा गर्दै भैरहवाको टोली पोखरामा

समाधान संवाददाता २०८० मंसिर ४ गते ११:३०

पोखरा ।
‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ भन्ने नाराका साथ चौथो संस्करण अन्तर्गत साइकल सिटी भैरहवाको टोली पोखरा आइपुगेको छ । यस वर्ष विशेष गरी मगर र गुरूङ होमस्टेसँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ जनाको टोली भाइटीकाको भोलिपल्ट कात्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा हिडेको साइकल सिटी भैरहवाका अध्यक्ष सूर्यकुमार सारू मगरले जानकारी दिए ।

Advertisement


हरेक वर्ष तिन दिन भाइटीकाको भोलिबाट साइकलद्वारा आन्तरिक एवं साइकल पर्यटकको सँगै स्थानीय उव्जनीहरूको प्रचार गर्दै आएको उनको भनाइ थियो । यो टोली साइकल यात्रा गर्दै वालिङमा रहेको मगर जातीको बाझकोट होमस्टे, स्याङ्जामा रहेको सिरूबारी होमस्टे हुँदै अहिले पोखराको लेकसाइडमा अवस्थित होटल निवासमा आइपुगेकोे सारूमगरले बताए ।


होटल निवासका सञ्चालक डिल्लीराज पाण्डेले विभिन्न पेशा व्यवसायमा आवद्ध रहेको यस टोलीले नेपालको पर्यटन क्षेत्रको प्रचारमा देखाएको चासो निकै सकरात्मक रहेको बताउदै पोखरामा उनीहरूलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए । साइकल सिटी भैरहवाले यसअघि अर्घाखाँचीको सुपादेउराली, पाल्पाको रानीमहल र व्यास नगरपालिकाको मानुङकोट पनि साइकलबाटै यात्रा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया