‘प्रथम ढोरपाटन हाई अल्टिच्युड तेक्वान्दो सेमिनार’ को तयारी

पोखरा ।
गण्डकी प्रदेश आइटिएफ टेक्वान्दो संघको आयोजनामा मंसिर दोस्रो ‘प्रथम ढोरपाटन हाई अल्टिच्युड तेक्वान्दो सेमिनार–२०२३’ हुने भएको छ । खेलाडी तथा प्रशिक्षकको प्राविधिक ज्ञानको वृद्धि विकास, ग्रामीण क्षेत्रमा खेलकुदको विकाससँगै दक्षिण एसियाको एकमात्र सिकार आरक्ष ढोरपाटनको पर्यटन प्रवद्र्धन गर्ने, तेक्वान्दो आइटीएफ खेलको महत्व जनमानजमा पुर्याउने लक्ष्यका साथ मंसिर ८ देखि ९ गतेसम्म बाग्लुङको ढोरपाटनमा सेमिनारमाको आयोजना गर्न लागिएको सेमिनारका मूल आयोजक समितिका संयोजक तथा गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघका अध्यक्ष घमबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको समन्वय, गण्डकी प्रदेश तेक्वान्दो संघ (आइटिएफ) को आयोजना तथा ढोरपाटन नगरपालिकाको सहयोगमा उक्त सेमिनार आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्ला र प्रदेशबाट करिब ४ सय खेलाडीको सहभागिता हुने छ । यसका लागि ढोरपाटनका स्थानीयवासीको साथ सहयोग रहनुका साथै यस सेमिनारलाई विशेष महत्वको साथ हेरिएको छ ।
कार्यक्रम सम्पन्न गर्न विभिन्न नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापा मगरको संयोजकत्वमा विभिन्न १३ वटा उपसमिति गठन गरिएको छ । जस अन्तर्गत मिडिया व्यवस्थापन उपसमिति संयोजकमा कविता घर्तीमगर, प्रतीक घर्तीमगरको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, आकाशचन्द्र घर्तीमगरको संयोजकत्वमा अफिसियल तथा खेल सामग्री व्यवस्थापन उपसमिति, जीवन पुनको संयोजकत्वमा होटल व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
खेल प्रदर्शनतर्फ फारमबहादुर महत, अतिथि व्यवस्थापनतर्फ शर्मिला महत, स्टेज तथा साउन्ड सिस्टम संयोजकतर्फ वसन्ती बुढा, खेलाडी व्यवस्थापनतर्फ दिनेश बुढा, यातयात व्यवस्थापनतर्फ विजय पुन, सुरक्षा व्यवस्थापनतर्फ तास्विन पुन, मेडिकल व्यवस्थपनमा केशव थापा र स्वयंसेवक व्यवस्थापन संयोजकको जिम्मेवारी हर्क पुनलाई जिम्मेवारी दिइएको छ । कार्यक्रम संघीय सांसद तथा प्रभु ग्रुप पालिका अध्यक्ष साथै नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका सल्लाहकार देवीप्रकाश भट्टचनले उदघाटन गर्नेछन् ।
तपाईको प्रतिक्रिया