कालाञ्जरको सहयोग

समाधान संवाददाता २०८० मंसिर ४ गते १२:१९

लेखनाथ ।

Advertisement

पर्वतको जलजला गाउँपालिका वाड नं ५ स्थायी घर भएका दीपक सुवेदीका बुवाको कात्तिक २७ गते निधन भयो । काजकिरियामा रहेका दीपकले पोखरा २६ मा लगाएको धान खेतमा पाकेर पहेलपुर थियो । धान खेर जाने भएपछि कालाञ्जर सेवा समाजको सक्रियतामा धान काटेर थन्क्याइएको छ ।


दीपकले पोखरा २६ को विजयपुरमा जग्गा भाडामा लिएर खेतीपाती गर्दै आएका छन् । १३ रोपनीमा धान बारीमै झर्ने सम्भावना देखिएपछि करिब ४० जनाले धान काटेर थन्क्याइदिएका हुन् । समाजका कोषाध्यक्ष खेमनाथ शर्माले सुवेदी परिवार काज किरियाबाट उम्किदासम्ममा खेतमा लगाएको जेठोबुढो धान पाकेर झर्ने भएपछि सघाएको जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया