सेन्ट्रल गार्डन क्लवको तालिम

समाधान संवाददाता २०८० मंसिर ४ गते १२:२१

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले क्लबको वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत १२ कक्षासम्मका विद्यार्थी भाइबहिनीलाई सञ्चालित कम्प्युटर र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।


९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिममा २१ जना विद्यार्थी सहभागी थिए ।
तालिम समापन समारोहमा क्लबका संस्थापक अध्यक्ष हरि भाटले सन् २०१७ देखि क्लबले पढाऔं अभियान अन्तर्गत हरेक वर्ष सामुदायिक विद्यालय अध्ययनरत भाइबहिनीलाई तालिम सञ्चालनार्थ वार्षिक एक लाख ५० हजार बजेट विनियोजना गर्दै आएको बताए ।


क्लबका अध्यक्ष तुल रानाभाटले तालिम सञ्चालनका लागि गण्डकी हाइ–टेकसँग सहकार्य गर्न पाउनु क्लबका लागि सुनौलो अवसर रहेको बताए ।

Advertisement


गण्डकी हाइ–टेक व्यावहारिक सीप विकास तालिम केन्द्रकी प्रशिक्षक विद्यादेवी बरालले पोखराको बगरमा रहेकोमा केन्द्रमा विगत १६ वर्षदेखि क्रियाशील प्रशिक्षकद्वारा प्रशिक्षण गराइँदै आएको जानकारी दिइन् ।


नेतृत्व विकास तालिममा सहभागी भूपेन्द्र गुरुङले आफू पहिला अगाडि गएर बोल्दा जिउ काम्ने, आँखा हेरेर बोल्न नसक्ने समस्या रहेकोमा तालिम पाएर आफूलाई निकै खुसी लागेको बताए ।

Advertisement


कम्प्युटर तालिममा सहभागी समीर घिमिरेले क्लबले विद्यार्थीका लागि निःशुल्क तालिम सञ्चालन गरेर राम्रो काम गरेको धारणा राखे । कार्यक्रममा नुमा गुरुङ, शुशांक बास्तोला, नीराजन तामाङ, अमृत थापालगायतले अनुभव सुनाएका थिए ।

तपाईको प्रतिक्रिया