सुदर्शन कपिला सिरपा नेवाःखलः कास्कीलाई
पोखरा ।
नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाः खलः कास्कीलाई पुरस्कृत गरिने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले शुक्रबार पोखरामा नेवाःखलः कास्कीका कार्यसमिति र सल्लाहकार तथा सदस्यमाझ यस्तो जानकारी दिएका हुन् ।
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले यस सम्मानले नेवार समुदायमा अझ धेरै भाइचारा बढ्ने बताउँदै संस्कृति संरक्षण र प्रवद्र्धनमा यसले ठूूलो सहयोग पुग्ने जनाए । सुदर्शन कपिला सिरपा पुरस्कारको स्थापना विसं २०७६ (नेपाल संवत् ११४०)मा झि पुचःका संरक्षक एवं समाजसेवी सुर्दशनबहादुर श्रेष्ठ तथा उनको परिवारले गरेको हो ।
यो पुरस्कार नेपाल भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन एवं जगेर्ना गर्ने संस्था वा व्यक्तिलाई झि पुचःमार्फत प्रत्येक २ वर्षमा कदरस्वरुप प्रदान गरिन्छ । श्रेष्ठ तथा उनका परिवारले सुर्दशन कपिला सिरपाद्वारा सम्मान र २ लाख नगद पुरस्कार दिन २० लाखको अक्षयकोष खडा गर्ने उद्घोष गरेअनुसार झि पुचः विराटनगरले सुर्दशन कपिला ट्रष्टको विनियमावली बनाई विशेष समितिमार्फत काम गर्दै आएको छ ।








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया