बौद्ध अर्घाै सदनमा भव्य गुम्बा

पोखरा ।
पोखरा महानगरको वडा नं. १०, रामघाटमा रहेको बौद्ध अर्घाै सदनमा बौद्ध परम्परा अनुसार अन्तेष्टि गर्न थालिएको ५ दशकभन्दा बढी भइसकेको छ । सदनकै छेउमा सरकारले अत्याधुनिक विद्युतीय शवदाह गृह बनाएको छ । परीक्षणका क्रममा रहेको शवदाह गृह चाडै औपचारिक रुपमा सञ्चालनमा आउँदै छ ।
शवदाह गृह नजिकै रहेको बौद्ध धर्मावलम्बीको अन्तिम संस्कार हुँदै आएको बौद्ध अर्घाै सदन परिसरमा भव्य गुम्बा बनेको छ । करिब १९ करोडमा बनेको गुम्बा सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गरे । कार्यक्रममा उनले बुद्धले प्रतिपादन गरेका पञ्चशील तथा आर्य सत्यहरुलाई आत्मसात गर्न सके विश्वभर नै शान्ति छाउने विश्वास व्यक्त गरे ।
प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश गुरुङ संस्कृतिको उद्गम स्थल भएको दाबी गर्दै नाकाबन्दी, कोरोना, आर्थिक संकट जस्ता विपत्तिका बीच बहुउद्देश्यीय भवन निर्माण हुनु निकै महत्वपूर्ण भएको जनाए । ‘यो गुम्बा पोखराकै गौरव हो । बुद्धको मार्ग अत्मसात गर्दै विश्व शान्तिको सन्देश दिन यसले योगदान गर्छ,’ उनले भने।
सुरुमा १० करोड हाराहारी लाग्ने अनुमान गरिएको यो गुम्बा दाताहरूकै सहयोगले बनेको हो । १५ रोपनीमा फैलिएको बौद्ध अर्घाै सदनमा २०२८ सालदेखि नै बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिँदै आएको छ । २०७१ मा भएकोे भेलाले संकल्प फराकिलो हलसहितको गुम्बा बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । २०७१ वैशाख १९ गते गुम्बा शिलान्यास भएको थियो ।
गुम्बामा बुद्धको मुख्य सालिक निर्माणका लागि हेमजाकोटका हर्कबहादुर गुरुङले २१ लाख दान दिएका छन् भने ठूलो माने बनाउन तामागीका यमबहादुर गुरुङले १९ लाख ३४ हजार र गुम्बा निर्माणमा थप पाँच लाख सहयोग गरेका छन् ।
गुम्बा निर्माणका लागि ८ सय जनाले१ लाख नघट्ने गरी दान रकम दिने घोषणा गरेका थिए । बौद्ध अर्घाै सदनका अध्यक्ष क्या. भुवनसिंह गुरुङले सभाकक्षसहितको ३ तले बहुउद्देश्यीय भवनको सबैको साथ, सहयोगले निर्माण भएको उल्लेख गरे । नयाँ भवनको भुइँ तलामा ५ सय जना अट्ने सभाकक्ष छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया