कोपिला सहकारीमा कृष्णकुमार

पोखरा ।
कोपिला सहकारीको आइतबार भएको १६ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा आगामी ३ वर्षका लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्ष विष्णुप्रसाद अधिकारी, सचिव सञ्जय पौडेल, कोषाध्यक्ष घननाथ सापकोटा छन् । यस्तै, सञ्चालक समिति सदस्यमा धनेश्वर अधिकारी, विष्णुप्रसाद सुवेदी, कृष्णकुमार खड्का, सुलोचना देवकोटा र शान्ति भट्टराई खनाल छन् ।
लेखा सुपरीवेक्षण समिति संयोजकमा केशवराज अधिकारी दोहोरिए भने सदस्यमा किशोर अधिकारी र भरत आचार्य छन् । यसअघि संस्थाको साधारणसभा उद्घाटन पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गरेका थिए । उनले आर्थिक मन्दीको बेलामा सहकारीले सहकारीको मूल्य मान्यता र नीति अनुरुप कार्यसम्पादन गर्न सुझाव दिए ।
कार्यक्रममा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका शाखा प्रमुख अमृत श्रेष्ठ, लेखा समिति संयोजक केशवराज अधिकारी, सहकारीका संस्थापक अध्यक्ष ज्ञानबहादुर कार्की, सेयर सदस्य द्रोणराज भूर्तेल, लेखा परीक्षक सिए अनिल लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सहकारी अध्यक्ष ठाकुरप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ र सञ्चालन सचिव सञ्जय पौडेलले गरेका थिए । सचिवको प्रतिवेदन सञ्जय पौडेल, कोषाध्यक्षको प्रतिवेदन विष्णुप्रसाद अधिकारी तथा लेखा समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समिति संयोजक केशवराज अधिकारीले प्रस्तुत गरेका थिए ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया