विद्युत सर्ट हुँदा ४० लाखको क्षति

समाधान संवाददाता २०८० मंसिर ५ गते १२:१७

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३२ मा रहेको घोतघोतेमा नेपालीहरुको महान पर्व भाइटीकाको दिन बेलुका करिब ९ बजे विद्युत सर्ट हुँदा एक घरमा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

Advertisement


उक्त घरमा करिव १९ जना दृष्टिविहीनहरु भाडामा बस्दै आएका थिए । एक्कासि विद्युत सर्ट घई आगो लाग्दा घरका झ्याल, ढोका डढेको दष्ट्रिविहीन दण्डपाणि ढकालले जनाए ।


वृद्धाश्रममा जस्ते दृष्टिविहीनहरु सो घरमा भाडामा लिई धुप, मैनबत्ती बनाउने र समूहमा नै व्यापार गरी गुजारा टार्दै आएको केही जम्मा भएको रकम करिब ८ लाख सोही दिन आगोमा डढेर नष्ट हुँदा छाक टार्नसमेत समस्या भएको ढकालले बताए ।


पोखरा महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष बोधबहादुर कार्की र वात्सायन वृद्धाश्रमका अध्यक्ष ललितबहादुर बानियाँ सहितको टोलीले आगो पीडित दृष्ट्रिविहीनहरुको समूहलाई १ महिना पुग्ने खाद्यान्न एवं लत्ता कपडा हस्तान्तरण गरेको ढकालले बताए । सो सामग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष कार्कीले सो स्थानमा रहेका दृष्ट्रिविहीनहरुलाई सबैले सहयोग गर्न आग्रह गर्दै यस स्थानमा राज्यको पनि ध्यान गए राम्रो हुने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया