भूकम्प पीडितलाई मोबाइल इलेक्ट्रोनिक व्यवसाय महासंघ गण्डकीको राहत

पोखरा ।
नेपाल मोबाइल इलेक्ट्रोनिक व्यवसाय महासंघ गण्डकीले रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ । भूकम्प प्रभावितलाई खाद्यान्न, लत्ताकपडा, आवास लगायत आधारभूत आवश्यकता रहेको भन्दै ती अभाव तत्कालका लागि टार्न राहत सहयोग गरेको संस्थाले जनाएको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्न लगभग साढे ७ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो ।
उक्त राहत प्याकेज पूर्वरूकुमको आठबिसकोट नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष प्रेमबहादुर विकलाई सिधै हस्तान्तरण गरिएको थियो । साथमा संस्थाका अध्यक्ष उदयबहादुर केसीले यस्तो बेला सहयोग गर्नुलाई कर्तव्य सम्झेको बताए ।
सहयोगी स्याङ्जा घर भई हाल अमेरिका बस्ने राजु केसी र कृष्ण केसीले नेपाली रूपैयाँ १ लाख ५० हजार पठाएका थिए ।
लायन्स क्लब अफ पोखरा कैलाश चौतारी क्लब, परिवर्तनका लागि हाम्रो अभियान र फोहोर व्यवस्थापन अभियान पोखराको पनि साथ थियो । संस्थाका अध्यक्ष उदयबहादुर केसीको साथमा लायन्स अफ पोखरा कैलाश चौतारी क्लबका अध्यक्ष विष्णु नारायण श्रेष्ठ, परिवर्तनका लागि हाम्रो अभियान महिला संयोजक दुर्गा राना र कास्की खबर अनलाइनका पत्रकार ऋषिराम दाहाल लगायत गएका थिए ।








पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया