थोरै प्रिमियममा ठूलो आजीवन बिमा

समाधान संवाददाता २०८० मंसिर ६ गते १३:३०

काठमाडौं ।
सूर्यज्योति लाइफले नयाँ बिमा योजना ‘सूर्यज्योति सही प्लान’ सार्वजनिक गरेको छ । बिमा प्रधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रुपमा योजना सार्वजनिक गरेका हुन् ।


प्राधिकरणका अध्यक्ष सिलवालले जनताले लिन सक्ने परम्परागत पोलिसीभन्दा पृथक प्रोडक्ट ल्याएकोमा सूर्यज्योति लाइफलाई धन्यवाद दिए । यो योजना तयारीदेखि स्वीकृतिसम्म बिमा क्षेत्रको नियमनकारी निकाय प्राधिकरण र अध्यक्ष सिलवालको मार्गदर्शन मिलेको सूर्यज्योतिका अध्यक्ष भट्टराईले सुनाए । यो योजनामा थोरै प्रिमियममा ठूलो बिमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सबै प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहिरहने र तिरेको प्रमियमको ६ गुणासम्मको रकम फिर्ता हुने विशेषता छन् ।


ऐच्छिक सुविधा अन्तर्गत ३५ घातक रोगविरुद्ध ५० लाखसम्मको आर्थिक रक्षावरण गर्न सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले आम मानिसमा आईपर्न सक्ने आर्थिक भारको जोखिममा सहयोग दिन यो योजना उत्तम भएको जनाए ।

Advertisement


कार्यक्रममा बिमा प्रधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई, निर्देशकहरु नन्दकिशोर शर्मा, हेमन्त नहाटा, आकाश गोल्छा, चूडामणि देवकोटा, प्रिया तयाल लगायत उपस्थित थिए ।


यो जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाखसम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने कम्पनी बनेको छ । पहिलो आइएसओ ९००१–२०१५ प्राप्त एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योतिको चालु पुँजी ४ सय ५४ करोड, लगानी ३ हजार ४ सय करोड, जीवन बिमा कोष २ हजार ९ सय ५० करोड, नेटवर्थ ६ सय २२ करोड र जारी बिमालेख संख्या २२ लाख छ । यसले देशैभरि फैलिएका १ सय ७६ शाखा र ९४ हजार अभिकर्तामार्फत सेवा प्रवाह गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया