‘मातृभाषा र लोक साहित्य नेपालीको चिनारी’

पोखरा ।
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्र बेलझुण्डी दाङले पोखरामा गण्डकी प्रदेश स्तरीय साँस्कृतिक संगोष्ठी गरेको छ ।
पोखरा प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा भएको २ दिने संगोष्ठीमा प्राडा माधवप्रसाद पोखरेल, प्राडा कुशुमाकर न्यौपाने, प्राडा जगन्नाथ रेग्मी, प्राडा ज्ञानबहादुर कार्की, डा गोविन्द आचार्य, डा शान्ता खत्री र सँस्कृतिविद् लक्ष्मण श्रेष्ठले भाषा, सँस्कृति, इतिहासका बारेमा कार्यपत्र पेश गरेको विश्व विद्यालयका शिक्षाध्यक्ष प्राडा भीमप्रसाद खतिवडाले जानकारी दिए ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले संगोष्ठीको उद्घाटन गर्दै विश्वविद्यालयले आध्यात्मिक चिन्तन र योगदर्शन सिकाउने केन्द्र खोल्ने योजना सुनाए । केन्द्र खोल्नका लागि महर्षी अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्झौता गरेको जानकारी दिँदै उनले पोखरा आसपासका डाँडामा जग्गा व्यवस्थापनका लागि पोखरा महानगरपालिकासँग पहल भएको बताए ।
उनले विश्वविद्यालयले लोक सँस्कृति जगेर्ना गर्ने कार्यक्रम गर्ने जानकारी दिए । शिक्षा दिक्षासँगै जीवन र दर्शन सिकाउनुपर्ने उनले उल्लेख गरे ।
नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष खतिवडाले संस्कृतलाई समाजसँग जोड्ने योजना अनुसार कार्यक्रम गरेको बताए । उनले संस्कृत जात विशेषको नभएर साझा विषय भएको दाबी गरे । १७ वर्ष पहिले स्थापना भई १७ विषयको पठनपाठन हुने विश्वविद्यालयले वास्तुशास्त्रमा शास्त्री पढाउन थालेको छ । योग विज्ञान र जीवन दर्शनमा पठनपाठनका लागि पाठ्यक्रम तयार गर्ने क्रममा रहेको उनले जानकारी दिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले संस्कृतको महत्व विदेशमा बढे पनि नेपालमा घटेको बताए । प्राडा माधवप्रसाद पोखरेलले मातृभाषा र लोक विधा नेपालको चिनारी भएको बताए । ‘लोक विधा कहिल्यै मर्दैन । पुस्ताहरुमा सर्दै जाने मान्यता छ,’ उनले भने, ‘लोक विधा माथिल्लो पुस्ताबाट तल्लोमा सरेको छैन । हाम्रो चिनारी गुमाएका छौं ।’ उनले परम्परागत ज्ञान र सीपको संरक्षण गर्नुपर्ने बताए । उनले नेपालको मातृ भाषालाई नबिर्सेर विदेशी भाषा सिक्नुपर्ने प्रस्ताव गरे ।
कार्यक्रममा राष्ट्रिय साँस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा जर्मन चौधरी, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, धर्मराज सावित्री थापा प्रतिष्ठान नेपालका अध्यक्ष मदनराज थापा, पत्रकार असफल गौतम लगायतले संस्कृतिका विभिन्न पक्षबारे बोलेका थिए । कार्यक्रममा नेपाल पुनमगर समाज अर्चलबोटले सोरठी नृत्य र गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङको राष्ट्र भक्ती गीत प्रस्तुत गरिएको छ ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया