सामाजिक सुरक्षा कोषको सक्रियता
पोखरा ।
सामाजिक सुरक्षा कोषका नवनियुक्त कार्यकारी निर्देशक कविराज अधिकारीले कोषले औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकलाई समेट्ने प्रयास गरिएको बताएका छन् । उनले सामाजिक सुरक्षा कोषले व्यक्तिको सुरक्षा गर्ने भएकाले यो कर्मचारी सञ्चयकोषभन्दा फरक रहेको पनि बताए ।
पोखरा उद्योग वाणिज्य संघका पदाधिकारीसँगको अन्तरक्रियामा उनले कोषमा आवद्ध हुनुका फाइदाबारे व्यापक प्रचार हुन नसकेको पनि स्वीकारे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सामाजिक सुरक्षा कोषले आफ्ना गतिविधि जनस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेलले कोषसँग निजी क्षेत्रले सहकार्य गर्दै आएको बताए । संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले सुरक्षा कोषमा भन्झटरहीत तरिकाले आवद्ध हुने वातावरणको माग गरे ।
महासचिव बलराम आचार्यले अनौपचारिक क्षेत्रमा सुरक्षा कोष अझ पुग्न नसकेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीकी महिला उद्यमी समिति संयोजक रामकली खड्काले महिलालाई कोषमा आवद्ध हुँदाका फाइदाहरु बुझाउनुपर्ने बताइन् । सामाजिक सुरक्षा कोषका सहप्रवक्ता रोहित रेग्मीले हालसम्म कोषमा ९ लाख ५० हजारजना श्रमिक आवद्ध भएको जानकारी गराए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया