गण्डकीमा वार्षिक २ हजार टन माछा उत्पादन

पोखरा ।
विश्व मत्स्य दिवसका अवसरमा मंगलबार फेवातालमा माछाका भुरा छाडिएको छ । मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जाले फेवामा स्थानीय जात नैनी, सहर लगायतका ६० ग्राम तौल माथिका १२ हजार माछाका भुरा छाडेको हो ।
फेवातालको प्राकृतिक सन्तुलन कामय गर्न र मुख्य गरी जलारी समुदायको आयआर्जनमा सघाउ पुर्याउने उद्देश्यले तालमा भुरा छाडिएको मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारीले बताए । वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथमिकतामा राखेर केन्द्रले काम गर्दै आएको उनले सुनाए ।
अधिकारीले गण्डकी प्रदेशमा वार्षिक २ हजार टन माछा उत्पादन हुने गरेको जानकारी दिए । नेपालमा विभिन्न दुई सय ५२ जातका माछाका प्रजाति पाइने गरेकामा दुई सय ३६ जात यहीकै रैथाने रहेको बताइन्छ । नेपालमा मात्र पाइने १६ जात रहेको अधिकारीले बताए ।
कार्यक्रममा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले गण्डकी प्रदेशमा मत्स्य पालनको राम्रो सम्भावना रहेको बताउनुभयो । उहाँका प्राकृतिक जलाशय तथा नदीनालाहरुमा माछापालन गरी राम्रो आयआर्जन गर्न सकिने उहाँले बताउनुभयो ।
‘हाम्रो प्रदेशमा प्रशस्त प्राकृतिक जलाशय तथा नदीनालाहरु रहेकाले माछापानलको राम्रो सम्भावना छन् । माछा गण्डकी प्रदेश बाहिर पनि निर्यात गर्न सकिने र प्रशस्त आयआर्जनको सम्भावना रहे पनि राम्रोसँग काम गर्न सकेका छैनौं,’ सचिव हुमागाईंले भने, ‘अब हाम्रा निकायहरुले प्रदेश र स्थानीय सरकारले मत्स्य विकास रणनीति बनाएर सोही अनुसार कार्यनीतिसहित अघि बढ्नु आवश्यक छ ।’
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त महानिर्देशक डा बालकुमार श्रेष्ठले मत्स्य विकासका लागि माछापालक कृषक तथा जलारी समुदायलाई सहयोग गर्दै आएको बताए । फेवातालको माछा संरक्षण र ब्रान्डिङ गर्नसके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिक रुपमा सवल हुने श्रेष्ठको भनाइ थियो ।
पशु सेवा तालिम केन्द्र कास्कीका प्रमुख डा ग्रीष्म न्यौपानले स्थानीय माछा संरक्षण सम्बन्धी कार्यहरुलाई प्राथमिकता नदिएको खण्डमा प्राकृतिक जलाशयहरुमा पाइने स्थानीय माछा लगायत जलीय जीवहरु लोप हुन सक्ने बताए ।
हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष सोमबहादर पोडे विगतमा रैथाने माछा पाइने गरेपनि अहिले फेवातालमा स्थानीय माछा हराइरहेको जनाए । कार्यक्रममा पोखरा महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठ लगायतले जलिय जीव संरक्षणका लागि तालमा माछाको भुरा छाड्ने, जनचेतना जगाउने, अव्यवस्थित माछा मार्न रोक्ने तथा नियमन गर्ने र आश्रित समुदायलाई जलीय जीव संरक्षण गर्न प्रमुख जिम्मेवार बनाउनुपर्ने बताएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया