३ महिनामा ११८ मानवअधिकार उल्लंघन

समाधान संवाददाता २०८० मंसिर ७ गते ११:३३

पोखरा ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराद्वारा गत तीन महिनाको मानवअधिकारको अवस्था सार्वजनिक गर्दै तेस्रो स्थिति सूचक प्रकाशित गरेको छ । गण्डकी प्रदेशको मानवअधिकारको अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशका जिल्लाहरुबाट जुलाई २०२३ देखि सेम्टेम्बर २०२३ को अवधिमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरूको तथ्यांकसहित त्रैमासिक अवस्थाको विश्लेषण गरी स्थिति सूचक प्रकाशन गरिएको हो ।


३ महिनाको अवधिसम्ममा गण्डकी प्रदेशमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनामा अन्यपक्षबाट १ सय १८ जना पीडित भएका छन् । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तनहुँ जिल्ला समितिले एमसिसी परियोजनाको नाममा रहेको जग्गा कब्जा गरेको एउटा घटना अभिलेख छ ।

Advertisement


अभिलेखित घटना अनुसार अन्यपक्षबाट ९ पुरुष र १ सय ९ जना महिला गरी १ सय १८ जना पीडित भए । ३ जना महिला र २ जना पुरुष गरी ५ जनाको हत्या भयो । यस अवधिमा सबैभन्दा बढी महिलाविरूद्ध हुने हिंसाका घटनामा ८९ जना महिला पीडित भए । अन्यपक्षबाट कुटपिटका घटनामा २ जना महिला र ४ जना पुरुष पीडित भए । कुटपिट हुनेमा चिकित्सकहरु पनि पीडित भएको यस त्रैमासिकमा अभिलेख गरिएको छ । अन्य पक्षबाट घाइतेमा १ जना पुरुष पीडित भए । अन्य पक्षबाटबाटै १ जना पुरुष अमानवीय व्यवहारबाट पीडित भएका छन् ।


जातीय विभेदको घटनामा १ जना पुरुष पीडित भएका छन् । इन्सेकको अभिलेख अनुसार सन् २०२३ को तेस्रो त्रैमासिकको अवधिमा गण्डकी प्रदेशमा बालबालिकाविरूद्ध भएका हिंसाका घटनामा १५ जना बालिका पीडित भए । यस अवधिमा विधालयमा दिइएको दण्ड सजायबाट १ जना बालिक पीडित भएकी छन् । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनाबाट १० जना बालिका र यौन दुर्व्यवहार घटनाबाट चार जना बालिका पीडित भएका छन् ।

Advertisement


महिला अधिकार अन्तर्गत यस अवधिमा गण्डकी प्रदेशमा महिला हिंसा तथा दुव्र्यवहारका घटनामा ८९ जना पीडित भए । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनामा १४, बलात्कार प्रयास घटनामा दुई र यौन दुव्र्यवहारबाट २ जना पीडित भए । त्यसैगरी घरेलु हिंसाबाट ६९ जना र बहुविवाहको घटनामा १ जना महिला पीडित भए । बोक्सीको आरोपमा एक जना महिला पीडित भएको अभिलेख गरिएको छ । महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छन् । घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास जस्ता घटना भएको इन्सेकमा अभिलेख छ ।


यस अवधिमा मानव अधिकारको सवालमा चिकित्सा जस्तो महान पेशामा कार्यरत चिकित्सकहरु माथि निरन्तर भएका कुटपिटका घटनाहरु तथा अस्पतामा भएका तोडफोडका घटनाहरुले मानव अधिकारको मात्र नभई समग्र मानवताकै उपहास तथा उल्लंघन गरेको इन्सेकको भनाइ छ ।


यस अवधिमा अघिल्लो ३ महिनामा जस्तै बाल अधिकारको विषयमा अझै पनि विधालयहरुमा विभिन्न बहानामा दण्ड सजाय दिइने तथा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुबाटै बालिकाहरु यौन दुव्र्यवहारबाट पीडित भएका छन् । यस्ता घटनाहरु मिलाउन जनप्रतिनिधिहरुको रहोबरमा बैठकहरु समेत बसेको पाइएको छ ।

तपाईको प्रतिक्रिया