कर्म फ्लाइट्सले बाँड्यो १२०० विद्यार्थीलाई ज्याकेट

पोखरा ।
कर्म फ्लाइट्सले रुकुम र बागलुङमा गरी करिब १५ लाख रुपैयाँ बराबरका ज्याकेट १२ सय विद्यार्थीलाई उपलब्ध गराएको छ । बागलुङको बुर्तिबाङ, निसी र रुकुमको लुकुम, काँक्री, कोल गाउँ हुँदै तकसेराबाट पदयात्रा फ्लाइट्सका प्रतिनिधिहरुले त्यतिका ज्याकेट हालै वितरण गरेका हुन् ।
पुथा उत्तरगंगा गापाका ११ विद्यालय र सानीभेरीको तिरैतिर निसेलढोर, ढोरपाटन सिकार आरक्ष आसपासका जम्मा १२ विद्यालयका करिब १२०० जना विद्यार्थीलाई ज्याकेट वितरण गरिएको जानकारी कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले दिए ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गापामा अवस्थित मावि, आधारभूत तह र बाल विकास गरेर ११ वटा विद्यालयमा अध्ययनरत करिब ११०० जना विद्यार्थीलाई कर्म फ्लाइट्स फाउन्डेसनको संयोजनमा तथा पुथा उत्तरगंगा गापाको समन्वयमा न्यानो ज्याकेट वितरण कार्यक्रममा लुम्बिनी प्रदेश सभासदद्वय दिलकुमारी बुढा र सरिता पुन, पूर्व लुम्बिनी प्रदेश सभासद तेजबहादुर ओली, पुथा उत्तरगंगा गापा अध्यक्ष पुनिराज घर्ती मगर र पुथा उत्तरगंगा गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरी, निसिखोला गापाका उपाध्यक्ष्य प्रेम घर्ती मगर लगायत सहभागी भएका थिए ।
मैकोट (छात्रवृत्ति ) काँडा, पुनमचौतरा, भल्का, पिपलतुङ, पदमी, बिर्गुम, बछिगाउँ, तक, दम्चन, तुन्पा र बागलुङको कुडेढोरका विद्यालयमा ज्याकेट विरतण गरिएको हो । ज्याकेट वितरण पदयात्रामा दातृ निकायका प्रतिनिधि, जर्मनी, न्युजिल्यान्ड, नेदरल्यान्ड्स र संयुक्त राज्य अमेरिकाबाट जम्मा १३ सदस्यीय टोली ८ दिन पदयात्रामा रहेको यात्रा व्यवस्थापक राजु परियारले जनाए । ज्याकेट वितरण गर्दा आफूहरुलाई दिएको भन्दा पाएको अनुभूति भएको रुकुम पूर्वकार्यक्रम संयोजक कर्मसिंह घर्तीमगरले बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया