सम्पादकीयः वैदेशिक व्यापार घाटा र उत्तरतर्फ खोलिएको नाका

समाधान संवाददाता २०८० मंसिर ८ गते ११:५७

नेपालको वैदेशिक व्यापार निरन्तर घट्दो अवस्थामा छ । चालु आर्थिक वर्ष (आव) को सुरुवाती महिनादेखि सुरु भएको वैदेशिक व्यापारको ओरालो यात्राले चौथो महिना (कात्तिक)मा समेत निरन्तरता पाएको छ । चीनतर्फ भने निर्यात अझै बढ्न सकेको छैन । भन्सार विभागको तथ्यांक अनुसार चीनमा १ खर्ब रुपैयाँको आयात हुँदा निर्यात भने मात्र ८३ करोड रुपैयाँको भएको छ ।

Advertisement


अहिले वैदेशिक व्यापार ओरालो लागेको तथा चीनतर्फ निर्यात बढ्न नसकेको अवस्था छ । यस्तो अवस्थामा उपल्लो मुस्ताङमा भर्खरै खोलिएको कोराला नाका नेपालमा उत्पादन गरिएको सामान निर्यात भन्दा पनि चिनियाँ सामान आयात गरेर विक्रि वितरण गर्ने थलो बनेको छ ।


उपल्लो मुस्ताङका धेरै स्थानीय व्यापारी अहिले चिनियाँ बजार लिजीबाट सामान ल्याएर तल्लो मुस्ताङमा बेच्न थालेका छन् । नाका केही दिनअघि मात्रै खुलेकाले चिनियाँ उत्पादनको माग बढी भएको छ । खेतीपाती र चाडपर्व सकिएलगत्तै बेंसी झर्ने त्यहाँका जनता चिनियाँ सामान ल्याएर त्यतै व्यापारमा तल्लिन छन् ।

नाका खुलेपछि स्थानीयको वैकल्पिक व्यवसाय पाएका छन् । विगतमा नेपालबाट चीनमा यार्सा गुम्बा, पस्मिना, स्थानीय कृषि उपज सामाग्री निर्यात हुने गरेको थियो । अहिलेसम्म नेपालबाट बस्तु निर्यात गर्ने छेकछन्द छैन । नाकाबाट चिनियाँ सामानको आयात गर्ने मुस्ताङ भन्सार कार्यालयले भन्सार उठाउन काम भएको छ । अहिलेसम्म प्लान क्वारेन्टाइनमात्र छ । पशु क्वारेन्टाइन र खाद्य परीक्षण क्वारेन्टाइन नभएकोले व्यवस्थापन आवश्यक देखिन्छ ।

कोरोला उत्तरी सीमनातर्फ तातोपानी, रसुवागढी पछि कोरला २ देश बीचको तेश्रो महत्वपूर्ण नाका हो । कोभिड १९को प्रकोप तथा सुरक्षाका कारण ४ वर्ष अगाडी देखि बन्द गरेको नाका चीन पक्षको निर्णयसँगै कार्तिक २७ गते अर्थात नोभेम्बर २३ तारिखदेखि खुल्ला भएको छ । नेपालले कोरलादेखि भारतको त्रिवेणीसँग लुम्बिनी तथा गण्डकी प्रदेशतर्फबाट राजमार्ग निर्माण गरिरहेको छ । २०७४ देखि राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक स्तरोन्नति भइरहेको छ । नाकाबाट गण्डकी र लुम्बिनी प्रदेशका जनता प्रत्यक्ष लाभान्वित हुने छन् ।

Advertisement


चीन र भारतसँग जोडिएको गण्डकी प्रदेशको समग्र विकासको लागि सहयोग पुग्ने छ । नेपाल सरकारले २०७६ मा कोरलाको दश गजा क्षेत्रमा भौतिक संरचना निर्माणका लागि १ हजार रोपनी जग्गा अधिकरण गरिसकेको छ । सीमा र परराष्ट्रको दायित्व संघीय सरकारले नेपालतर्फ नाकालाई व्यवस्थित गर्न पूर्वाधार निर्माणमा ढिलाई गर्नु हुदैन । चिनियाँ पक्षले उपल्लो मुस्ताङका लोमाङथाङ र लोकेघर दामोदर कुण्ड दुई गाउँपालिकाको हकमा मात्र कार्यान्वयन हुने गरी खोलिएको नाकालाई सबैको लागि बनाउनु पर्छ । नेपालले आयातलाई प्रतिस्थान गर्ने र निर्यातलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । यस्तो अवस्थामा उत्तरी क्षेत्रमा निर्यात हुन योग्य स्थानीय उत्पादनमा जोड दिनु पर्छ ।

तपाईको प्रतिक्रिया