एआई पढाउने तयारीमा गण्डकी विश्वविद्यालय

पोखरा ।
गण्डकी विश्वविद्यालयले स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) विषयको पठानपाठन सुरु गर्ने तयारी गरेको छ । हाल यो विश्वविद्यालयमा सूचना प्रविधि, खेलकुद व्यवस्थापन, बि फर्मा, बिएएलएलबी र व्यवस्थापन विषयमा स्नातक तहमा पढाइ हुन्छ ।
रजिस्ट्रार डा. कैलाश तिमिल्सिना बताएले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वविद्यालयको वार्षिक प्रतिवेदन बुझाउँदै छिट्टै स्नातकोत्तर सुरु गर्न तयारी भएको सुनाए । कुलपति प्राडा गणेशमान गुरुङ, रजिस्ट्रार डा. कैलाश तिमिल्सिनासमेतको उपस्थितिमा न्यासिक परिषद अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेलले मुख्यमन्त्री पाण्डेलाई वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।
विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्ससँगै मौसम परिवर्तन विषयको पठनपाठन गर्ने योजना छ । विश्वविद्यालयले कृत्रिम बौद्धिकता र इन्जिनियरिङका कक्षाहरू यस वर्ष थप गर्ने उद्देश्य रहेको डा. तिमिल्सिनाको भनाइ छ । न्यासिक परिषद अध्यक्ष प्राडा प्याकुरेलले विश्वविद्यालयका उद्देश्य प्राप्त गर्न उपयुक्त विधि तथा प्रक्रियामार्फत मानवीय, भौतिक तथा आर्थिक स्रोतहरूको परिचालनका लागि निश्चित संगठन आवश्यक रहने बताए ।
विश्वविद्यालयमा हाल विभिन्न ५२ जिल्लाका ४ सय ६० जना विद्यार्थी छन् । गत आवमा १६ जना शिक्षक र २१ कर्मचारी नियुक्त गरिएको छ । हाल विश्वविद्यालयमा २४ जना शिक्षक र ५० कर्मचारी स्थायीरुपमा कार्यरत छन् । नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै मूल्य, मान्यता, संस्कार, संस्कृति र आदर्शको सम्वद्र्धन एवं विकासमा योगदान दिने सोच विश्वविद्यालयले राखेको कुलपति प्राडा गुरुङले बताए ।
हाल विश्वविद्यालयले ५ सय २६ रोपनी जमिन उपयोग गर्न पाउने गरी प्राप्त गरेको छ भने नेपाल सरकारबाट थप २ सय ४८ रोपनी जमिन लिन पहलकदमी भएको छ । अन्वेषण र आविष्कार केन्द्रमा हालसम्म मुलुकका आवश्यकतामा लक्षित प्रविधियुक्त ८ वटा मेसिन तथा केही बहुकार्यात्मक औजारहरू उत्पादन भएको रजिस्टार डा. तिमिल्सिनाले बताए ।
विगतका शैक्षिक तथा प्राज्ञिक अभ्यास र गण्डकी विश्वविद्यालय शिक्षण अस्पताल स्थापना गर्ने विषयलाई निरन्तरता दिँदै तयार गरिएको एमबिबिएस कोर्सको जानकारी प्रदेश सरकारमा दिने र गुणस्तरीय शिक्षाको विकास एवं प्रवद्र्धन गर्ने नीति विश्वविद्यालयले लिएको डा. तिमिल्सिनाले उल्लेख गरे ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया