कर्मचारी मिलन केन्द्रमा नयाँ समिति

पोखरा ।
कर्मचारी मिलन केन्द्र कास्कीको तेस्रो अधिवेशन एवं पाँचौं साधारणसभाले केन्द्रको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । अधिवेशनले जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
जिल्लास्थित सरकारी, सार्वजनिक संस्थान लगायत क्षेत्र समेटेर निर्मित समितिको उपाध्यक्षमा नवराज गौतम, सचिवमा सन्तोष ढुुंगाना, सहसचिव सागर भण्डारी, कोषाध्यक्ष मञ्जु अधिकारी र सहकोषाध्यक्षमा डा प्रकाश अधिकारी छन् । समितिका सदस्यमा मुकुन्दराज पौडेल, बद्री आचार्य, प्रदीपकुमार श्रेष्ठ, निर्मला फुलारा, वासुदेव पौडेल र सन्तोष थापा छन् । स्थानीय तह एवम् सुरक्षा निकायबाट एक, एक जना पछि कार्यसमितिले चयन गर्ने जनाइएको छ ।
अधिवेशनका लागि जिल्ला समन्वय अधिकारी नवराज बरालको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र मिलन केन्द्रका अध्यक्ष केदार बराल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । समितिले आवश्यक छलफलसहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समारोहमा कर्मचारी मिलन केन्द्रका संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले केन्द्रलाई जिल्लास्थित कार्यालयका कर्मचारीको सुख, दुःखको साथी बनाउन सक्नुपर्नेमा जोड दिए । केन्द्रलाई सिर्जनात्मक बनाउनका लागि सबैको सक्रियता आवश्यक हुने उनको भनाइ छ ।
गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव विनोदबहादुर कुँवरले सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा क्रियाशील कर्मचारीलाई आफ्नो नियमित सेवा प्रवाहका अतिरिक्त सामाजिक काममा सिर्जनात्मक काममा लाग्न प्रेरणा दिने संस्था कर्मचारी मिलन केन्द्र भएको जनाउ ।
केन्द्रका अध्यक्ष केदार बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष महेश पौडेल।, जिल्ला समन्वय अधिकारी नवराज बराल, कोषाध्यक्ष सन्तोष ढुुंगाना, नवनिर्वाचित अध्यक्ष लोकनाथ आचार्य, सेवा निवृत्त सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही लगायतले बोलेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया