युनिप्स खेल महोत्सव ११ गतेबाट

पोखरा ।
पोखरामा पाँचौ युनिप्स खेल महोत्सव यही मंसिर ११ गतेबाट पोखरा रंगशालामा सुरु हुने भएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स नेपाल)को आयोजनामा हुने पोखरा रंगशालामा सञ्चालन हुने खेल महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अन्तर्गत छात्रछात्रा भलिबल, छात्र फुटबल, छात्रा÷छात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेल हुने युनिप्स अध्यक्ष शान्ताबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत माविस्तरीय (कक्षा ९–१०), छात्र फुटबल छात्र/छात्रा मावि स्तरीय भलिबल, माविस्तरीय छात्रा खोखो, आधारभूत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी, एथलेटिक्स छात्र/छात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक विनोदकुमार नेपालीले जनाए । औपचारिक रुपमा मंसिर ११ गतेबाट प्रतियोगिता सञ्चालन हुने भए पनि उद्घाटन भने१४ गते हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने छन् । प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीलाई पुरस्कृृत गरिने युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले बताए । प्रतियोगिता गर्न करिब १२ लाख खर्च हुने सुवेदीले जानकारी दिए । कोभिडका कारण विगत ३ वर्षदेखि युनिप्स खेल महोत्सव भएको थिएन ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया