पोखरा बहुमुखी नेचर क्लबको सरसफाइ तथा वातावरण संरक्षण अभियान

पोखरा ।
पोखरा बहुमुखी क्याम्सको ३७ औं वार्षीकउत्सवको पुर्वसन्ध्यामा मंगलबार बिहान पृथ्वीचोक, शान्तिवन हुँदै क्याम्पस परिसर सरसफाइ गरिएको छ । पोखरा बहुमुखी क्याम्पस र उक्त क्याम्पसका विद्यार्थीहरुले गठन गरेको नेचर क्लब को संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
सरसफाइ कार्यक्रममा पोखरा बहुमुखी नेचर क्लबसँग सम्बन्धित करिब १०० जना बिद्यार्थी सहित क्याम्पसका प्राध्यापक र कर्मचारीहरु सहभागी थिए । उनिहरुले पृथ्वीचोककाे पुलदेखि शान्तिवन सडक, फलफूल तथा तरकारी बजार प्रवेश क्षेत्र , र नयाँबजार सम्म पुगी बाटोको छेउछाउमा वेवारिसे फालिएका फोहरजन्य सामग्रीहरु संकलन गरि पोखरा महानगरपालिका फोहर व्यवस्थापन सवारी साधनलाइ बुझाएका थिए ।
सुन्दर, सफा, हरियाली पोखरा बनाउन सघाउने र समग्र वातावरण संरक्षणका लागि योगदान दिने उद्देश्यले पोहर साल देखि पोखरा बहुमुखी क्यम्पसमा बिद्यर्थाीहरुको समुह नेचर क्लव सक्रिय छ । उक्त क्लवले बिभिन्न समयमा सरसफाइ र वृक्षारोपण कार्यक्रम गर्दै आएको छ । यसैविच वार्षीकउत्सवको उपलक्षयमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक तथा पोखरा बहुमुखी क्याम्पस मानविकी संकाय प्रमुख प्राध्यापक पुष्पराज अधिकारीले वातावरण संरक्षणका लागि बिद्यार्थीको जागरुकतालाइ हौसल दिन क्याम्पस प्रशासनले कुनै कसर बाँकी नछोड्ने बताए । उनले, क्याम्पसलाइ हरियाली, स्वच्छ सफा बनाउन बिद्यर्थाीहरु अहोरात्र खटिइएको पनि जनाउनु भयो । त्यसैगरी, पोखरा बहुमुखी क्याम्पस नेचर क्लवका अध्यक्ष गणेशमान रामदामले जलवायु परिवर्तनका कारण हुने क्षेय हरुलाइ रोक्न पनि प्राकृति र वातावरणको संरक्षण गर्न मानिसले बिद्यार्थी जीवन देखिनै चासो दिनुपर्ने बताए ।
पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षीक उत्सवका अवसरमा बिभिन्न कार्यक्रम तथा प्रतियोगिताहरु आयोजना गरिरहेको छ । वार्षीकउत्सव यहि मंसिर १४ गते बिहिबार बिशेष समरोहका विच समापन गरिने क्याम्पसले जनाएको छ ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया