गण्डकी बहुप्राविधिकमा विद्यार्थीको स्वागत

पोखरा ।
गण्डकी बहुप्राविधिक शिक्षालयले नयाँ शैंक्षिक सत्रका लागि शिक्षालय अन्तर्गतका बिभिन्न विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत गरेको छ । यो शिक्षालय स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटीसँगको सहकार्यमा पोखरा महानगरपालिकाले चलाएको हो ।
यहाँ हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जिल्लाका करिब ४ सय विद्यार्थी छन् । शिक्षालयमा इन्जिनियरिङ, फार्मेसी, फरेस्टी, मन्टेसरी अन्तर्गतका ८ वटा विषयमा पढाइ हुन्छ । समारोहमा पोेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्राविधिक शिक्षामा महानगरपालिकाले अपेक्षाकृत सफलता हाँसिल गरेको उल्लेख गरे ।
‘प्राविधिक तथा गुणस्तरीय शिक्षामा लगानी गर्न हामी हिच्किचाउँदैनौ,’ मेयेर आचार्यले भने । उनले गण्डकी बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको चाप बढ्दै जाँदा महानगरलाई उत्साहित बनाएको सुनाए । पोखरा २९ का वडाध्यक्ष प्रसाद गुरुङले स्थानीय विद्यार्थीलाइ जीवनोपयोगी र व्यवहारिक शिक्षामा आकर्षित गर्न गण्डकी बहुप्राविधिक शिक्षालय सफल भएको जनाए ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले प्राविधिक शिक्षाका सवालमा गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरु देशमै उत्कृष्ट हुन सफल भएकाले यस्तो शैक्षिक संस्थालाइ सदैव हौसला दिनुपर्ने विचार राखे ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा शिक्षक र प्रशिक्षकलाई सम्मान गरिएको थियो । समारोहमा शिक्षालयका प्रशिक्षकहरु मनोज पौडेल र कृष्ण धिताल सम्मानित बने । बिभिन्न विषयमा नेपाल टप गर्न सफल विद्यार्थीहरु नवीन पराजुली, नवराज पराजुली, उजेन उदास र सन्तोस पौडेललाइ पनि पुरस्कृत गरिएको छ ।
गण्डकी बहुप्रविधिक शिक्षालयका निर्देशक लक्षमण तिमिल्सनाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेल, शिक्षालय सञ्चालक समिति सदस्य प्राडा सरस्वती न्यौपाने, जनप्रकाश मावि व्यवस्थापन समिति अध्यक्ष बाबुराम सुवेदी, गोगन मावि व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेल, पोखरा उद्योग बाणिज्य संघ महासचिव जानुका पराजुली, शिक्षालयका प्रशिक्षक तथा कार्यक्रम संयोजक सरोज अधिकारी, विद्यार्थी सुप्रेज भट्राई लगायतले बोलेका थिए ।
कार्यक्रममा शिक्षालयका विद्यार्थीले बिभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया