पोखरा आदर्श स्कुलमा वार्षिक खेलकुद

पोखरा ।
पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा वार्षिक खेलकुद कार्यक्रम–२०८० बिहीबार सुरु भएको छ । विद्यालयका प्राचार्य फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको उक्त खेलकुद कार्यक्रम गण्डकी एकेडमी फाउन्डेसनका अध्यक्ष कमलराज सापकोटालाई विद्यालयका प्राचार्य फणीन्द्रप्रसाद अधिकारीबाट भलिबल हस्तान्तरण गरी उदघाटन भएको थियो ।
सिनियर र जुनियर गरी दुई चरणमा रहेर खेलहरु खेलाइने जानकारी खेलकुद कार्यक्रम संयोजक तिलक बरालले दिए । प्रतियोगितामा हालसम्मको खेलअन्तर्गत सिनियरतर्फ भलिबल प्रतियोगितामा पहेँलो सदन प्रथम र हरियो सदनले द्वितीय स्थान हासिल गरेको छ ।
खुला टेबल टेनिस प्रतियोगितामा रितेश गुरुङ प्रथम, सचिन पुन द्वितीय र अविरल आचार्यले तृतीय स्थान हासिल गरेका छन् । पूर्व प्राथमिक तहतर्फ गुच्चा गन्ने खेल, १०० मि.दौड, मिठाइ टोक्ने दौड, चम्चा दौड, बेलुन फुटाउने खेल छन् । जुनियर तहतर्फ फुटबल, १०० मि. दौड, भित्र र बाहिर रहने खेल, स्किपिङ, कुर्सी दौड, रिले दौड, मेमोरी टेस्ट आदि खेल छन् ।
सिनियर तहतर्फ भलिबल, टग अफ वार, बास्केटबल, टेबल टेनिस, गुच्चा दौड, बोतल भर्ने खेल, हिसाब दौड, कुर्सी दौड, सियो र धागो दौड आदि खेल छन् । प्रतियोगितात्मक खेलहरु बुधबार, बिहीबार र शुक्रबार गरी ३ दिनसम्म रहने जानकारी विद्यालयका सहप्राचार्य ज्ञानेश्वर सुवेदीले दिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया