मणिपाल–पाल्पाली सहकारी सम्झौता

समाधान संवाददाता २०८० मंसिर १५ गते १३:२९

पोखरा ।
मणिपाल शिक्षण अस्पताल पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’मा मंगलबार सम्झौता भएको छ ।

Advertisement


अस्पतालले ल्याएको नयाँ स्वास्थ्य परीक्षण प्याकेज ‘व्यवसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परीक्षण योजना’मा अस्पताल र सहकारीबीच सहमति भएको सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।


सम्झौतापत्रमा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविल र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष चिरञ्जीवी श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहकारी संस्थाका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, उपाध्यक्ष बाबुराम खनाल र सचिव रेशम ‘रचक’ थापाको रोहवरमा हस्ताक्षर भएको हो ।

Advertisement


सम्झौता अनुसार सहकारी संस्थाका सेयर सदस्य, साधारण सदस्य तथा कर्मचारीहरुले संस्थाको परिचयपत्रको आधारमा मनिपाल शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष छुट पाउने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया