गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि जिम्मेवारी
समाधान संवाददाता
२०८० मंसिर १५ गते १४:४४

पोखरा ।
गण्डकीका प्रदेश प्रमखु पृथ्वीमान गुरुङले अर्को प्रदेश बागमतीको प्रमुखको जिम्मेवारी पनि पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकीका प्रदेश प्रमुख गुरुङलाई दिएका हुन् ।
बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा शनिबार १५ गतेदेखि २१ गतेसम्म चीन भ्रमणमा जाने भएकाले मन्त्रिपरिषद्को सिफारिस बमोजिम उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार गुरुङलाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया