महिलामा हुने यौन दुर्बलता र उपचार

डा.गिरधारी शर्मा २०८० मंसिर १५ गते १६:१०

कुनै पनि दम्पतीमा यौन चाहना, यौन सक्षमता, सन्तान प्राप्तिको इच्छाा सबैजनालाई हुन्छ । यौन चाहना र र्याैन सक्षमता हुनु भनेको शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो हुनु हो । सबल, उत्कृष्ट र तनावरहितको यौन क्रियाकलाप गर्न पाउनु, दम्पती वा मानव जीवनको अधिकार पनि हो । विश्व स्वास्थ्य संघले परिभाषित गरेको स्वास्थ्य भनेको रोग नहुनुमात्रै होइन जसमा शारीरिक, मानसिक र सामाजिक रुपमा राम्रो अथवा स्वस्थ हुनु पनि हो ।

Advertisement


हामीले देखिएको अथवा बिरामीले भनेको समस्यालाई मात्र रोग भन्छौं र पहिचान र उपचार गर्न पटटी लाग्दछौं । हामीलाई खान, लाउन र बस्न जति आवश्यक छ उत्ति नै यौन क्रियाकलापको पनि उत्तिकै आवश्यक छ जसले तनावलाई कम गर्दछ जसको फलस्वरुप उच्च रक्तचाप, मधुमेह, मुटु सम्बन्धी रोगहरुलाई निको पार्नमा सहयोग गर्दछ । यसले शरीरमा रोगहरुसँग लड्ने क्षमतालाई बढाउँछ, दुखाईलाई कम गर्छ र राम्रो निद्रा पनि पर्दछ ।

यौन क्रियाकलापले श्रीमान्श्रीमती बिचको सम्बन्धलाई निकट बनाउँछ र आत्मीयता बढाउँछ, जसको फलस्वरुप एक आपसमा झैझगडा कम हुने र परिवारमा शान्ति छाउँछ अनि दाम्पत्य जीवन सफल भएको मानिन्छ । सामान्यतया स्वस्थकर यौनक्रिया हप्तामा एकपटक हुनुपर्छ तर यौन सम्पर्क गर्ने पटक दम्पतीको उमेर, चाहना र स्वस्थकर जीवनशैलीमा भर पर्दछ । र पनि हप्तामा दुईपटक यौन सम्पर्क भएमा अति उत्तम हुन्छ ।


योन क्रियाकलापको केही चरणहरु हुन्छन्, यसबारे पनि जान्नु आवश्यक छ ।
१.इच्छा जाग्ने चरण
२.उत्तेजनात्मक चरण
३.कामोत्तना चरण
४.थकाई र आरामको चरण
यौन क्रियाकलापले तपसिल बमोजिमका समस्याहरुको समाधान हुन्छन् ।
१.योन क्रियाकलाप मुटु रोगका लागि राम्रो हुन्छ । अन्दाजी ३० मिनटको यौन क्रियाकलापले नाडीको धडकन बढ्छ र मुटुमा रक्त सञ्चारको गति पनि बढछ ।
२.मानसिक तनाव कम गर्छ । यौन क्रियाकलापले इन्डोर्फिन र अक्सिटोसिनको उत्पादन हुन्छ जसले शरीरलाई आनन्द र आराम गराउँछ र तनाव कम गर्छ ।
३. विभिन्न रोगहरुबाट मुक्ति–यौनक्रिडाबाट इम्युनिग्लोबिलिन ए भन्नेले रोगसँग लड्न सक्ने क्षमतामा वृद्धि गराउँछ ।
४.माइग्रेन र अरु कुनै कारणले भएको टाउको दुखाइलाई यौन क्रियाकलापले कम गराउँछ । कामोत्तजनाको चरणमा दिमागमा तिब्र रक्त सञ्चार हुन्छ र टाउको दुख्न कम हुन्छ ।
५.यौनले निद्रा राम्रो पर्दछ । यौन गर्दा अक्सिटोसिन भन्ने हर्माेन निस्कन्छ र यसले माम्सपेसीहरुलाई आराम गराउँछ ।
६.यौन क्रियाकलापले निसन्तानपनको समाधान हुन्छ किनभने लामो शमय सम्म शुक्रकिट स्खलन नभइकन अण्डकोषमा बसी राख्यो भने शुक्रकिटमा भएको डिएनए नस्ट हुन्छ ।
७.यौनले दिमागलाई तिखो अथवा तेजिलो गराउँछ । यो क्रियाकलापले नसाको नयाँ कोषिकाहरुको विकास हुन्छ ।
८.यौनले मानिसलाई सकारात्मक सोंचको बिकास गराउंछ । यो एक किसिमको मेडिटेसन र योगा जस्तै मानीन्छ ।
९.यौनले महिलाको यौनांग र गुप्तांगको मांसपेसी बलियो गराउने हुनाले तल्लो पेटमा दबाव पर्दा पिसाब चुहिने समस्यालाई निको पार्दछ ।
१०.यौनले दम्पतीको मुडलाई खुसी राख्दछ ।


महिलामा देखिने मुख्य यौन समस्याहरू
यौन समस्याहरू सम्पर्क गर्नु अगाडि, सम्पर्क गर्ने बेलामा र गरिसकेपछि देखिन सक्दछ । यौन दुर्बलता ३०—४० प्रतिशत महिलाहरुमा देखिन्छ । यसमा यौन इच्छा वा उत्तेजना नै नहुने मुख्य समस्या हुन्छ, त्यस कारणले यौन इच्छा र उत्तेजनाका लागि दम्पत्ति बिचको सम्बन्ध आत्मीयता र रोमान्टिक हुनु पर्दछ साथै शारीरिक र मानसिक रुपमा यौनिक हुनुपर्छ । यो समस्या अल्पकालिक र दीर्घकालीन् हुन्छन् ।

Advertisement


१.यौन चाहनामा कमी आउनु— दम्पतीहरूमा जतिसुकै यौन सम्पर्कको प्रयास गर्दा पनि त्यस सम्बन्धी चाहना अथवा इच्छा नै हुँदैन । इस्ट्रोजन र टस्टोस्टेरोन भन्ने हर्मोनको मात्रा कमी आउने अवस्थाहरु जस्तै मधुमेय र मुटुका बिरामी साथै दीर्घरोगीहरु भएमा दम्पती बिचको सम्बन्धमा चिसोपना आउने, थकान, डर, त्रास हुने, डिपे्रसन र एन्जाइटी आदि समस्याहरुमा योन चाहनामा कमी आउँछ ।


२.उत्तेजनामा कमी—यौन सम्पर्कका लागि इच्छा भएता पनि उत्तेजना वा इमोसनमा कमी आउँछ जसमा पुरुषको लिंग र महिलाको क्लाइटोरिस कडा र उत्तेजित हुन सक्दैन । यो समस्याले शारीरिक रुपमा आराम र आनन्द लिन सक्दैनन् ।


३.कामोत्तेजनामा कमी—यो उत्तेजनापछिको चरण हो, जसमा कसै कसैलाई कामोत्तेजना नहुने, कमी आउने हुन्छ तर यो समस्या पुरुषहरूमा सामान्यतया हुने गर्छ । यौन सम्पर्क गर्दा धेरै दुखाइ हुने, तनाव हुने र विभिन्न हर्मोनहरुको लेभल कम वा धरै भएमा पनि कामात्तेजनामा कमी आउँछ ।


४.पीडादायी यौन क्रियाकलाप—यसको मतलब पुरुषको लिंग महिलाको योनीमार्गमा छिर्दा पुरुष वा महिला अथवा दुबैलाई दुखाई हुन सक्छ । योनीमार्ग सुख्खा भएमा, योनी मार्गलाई सपोर्ट गर्ने मांसपेसी कडा भएमा, लिंगमा कुनै किसिमको चोटपटक लागेमा, बारम्बार पिसाबमा संक्रमण भएमा, प्रोस्टेटको संक्रमण भएमा, ईष्ट वा कुनै ढुसी सम्बन्धी रोगको समस्या देखिएमा पनि पीडादायी यौनक्रिया हुन्छ ।


उपचार पद्धति
यो समस्याको पहिचान भएपछि उपचार र रोकथाम गर्नुपर्दछ । मानसिक र शारीरीक समन्वयबाट योन क्रियाकलाप हुने भएकाले दुबै जना बिज्ञ हरुको राय सल्लाह र सुझावपछिबाट मात्र उपचार गर्नु पर्दछ ।
– सामान्यतया के कति कारणले यो समस्या आएको छ कारण अनुसारको उपचार गर्ने
– यो मानसिक र शारीरिक समन्वयले गर्दा सम्भव हुने भएकोले मानसिक समस्या यदि भएमा उपचार गर्ने
– आवश्यकता अनुसार औषधीको प्रयोग गर्ने
– शरीरलाई तन्दुरुस्त राख्न योगा, मेडिटेसन र अन्य शारीरिक व्यायाम गर्ने


१.यौन शिक्षा—महिलाको प्रजनन प्रणाली र यसको काम र क्रियाकलापको बारेमा जान्नुपर्ने आवश्यक छ । महिलाहरुमा आफनो यौन अंगहरुको बारेमा आफनो चिकित्सक वा स्वास्थ्यकर्मीहरु संघ लाज नमानीकन गोप्य तरिकाले आफ्नो कुरा भन्ने, परीक्षण गर्न दिने, आफुलाई लागेको सम्पूर्ण जिज्ञासा पूरा गर्नु पर्दछ । चिकित्सकले दिएको आवश्यक सरसल्लाह, सुझाव मान्ने र औषधीहरुको सही तरीकाले सेवन गर्नुपर्दछ ।


२.यौन क्रियाकलापका लागि समय निकाल्ने—यो क्रियाकलापको समयमा कुनै पनि किसिमको नकारात्मक सोच, नजिकको वातावरण र गतिविधि, मानसिक तनाव, आदि अवस्थाहरु छ भने उनीहरुबाट मनलाई टाढा राखेर एउटा निश्च्छल, रमणीय वातावरण बनाउनुपर्दछ जसले गर्दा उक्त समयमा कुनै पनि क्रियाकलाप र अवस्थाले अवरोध खडा नगरोस् ।


३.यौन क्रियाकलापप्रति उक्त समयमा समस्या र आनन्दको बारेमा आपसी कुराकानी गर्ने ।


४. विभिन्न आसनमा यौन क्रियाकलापमा अभ्यस्त हुने—यौन क्रियाकलापको विभिन्न आसनहरु हुन्छन् आफुलाई जुन आसनमा सहज र आनन्द हुन्छ सोही अनुसार गर्ने र एउटै आसन भन्दा फरक फरक आसनमा गर्दा महिलाहरुलाई बढी आनन्द हुन्छ ।


५. उचित समय र स्थानको तय गर्ने साथै उक्त कुरा रोमान्टिक र रमणीय होस् ।
६.योनीमा लिंग प्रवेश गर्नु अगाडि यौन उत्तेजनाका क्रियाकलाप गर्ने जस्तै यौन संवेदनशील अंगहरुमा स्पर्स गर्ने, चलाउने, खेलाउने अनि चुम्बन गर्ने जसले गर्दा शरीरका प्रत्येक अंगहरु उत्तेजित होस् । त्यसपछि लिंग योनीमा प्रवेश गरी केही घर्षण सहीत भित्र बाहिर गरेपछि दुबैजनाले आनन्दको महसुस गर्छन् ।


७. एक आपसमा विश्वास, आदर सम्मान, भावनात्मक निकटता हुनु पर्दछ । यसले गर्दा यदी उनीहरु बिचको मत भिन्नता भए पनि हट्छ ।


८. कुनै पनि कारणले मानसिक समस्या उत्पन्न भएको रहेछ भने ज्ञानात्मक व्यावहारिक तरिकाले उपचार गर्न पर्दछ जसले गर्दा आफूमा भएको नकारात्मक सोचलाई आफैंले उपचार गर्न सक्यो भने योन दुर्बलता हटाउँछ साथै यौन इच्छा जाग्दछ,उत्तेजना पलाउंछ पिडां रहितको स्वस्थ यौनजन्य जीवनशैली बन्न सहयोग पुर्‍याउँछ ।


९.औषधीको प्रयोग—महिनावारी सुकि सकेपछि महिलाहरुको योनीभित्रको छाला पातलो हुने, सुख्खा हुने, पीडादायी यौन क्रियाकलाप हुने जसले गर्दा आफ्नो यौनिकता पनि कम भएर जाने र कुनै दम्पतीहरुले यौन क्रियाकलाप गर्न नै छोडेका हुन्छन् । यस्तो अवस्थामा विभिन्न औषधीहरुको प्रयोग गरेका हुन्छन् । जस्तै —
क) इस्ट्रोजन थेरापीः यो एक किसिमको एलोपेथिक हर्मोनल औषधी हो जसले महिनवारी सुकेर यौन क्रियामा कमी आएकाहरुलाई यसले ठिक गर्दछ । यो खाने, योनीभित्र राख्ने र लगाउने हुन्छ ।


ख) ओस्मीफेनः यसले पनि महिनावारी सुकेपछि प्रजनन प्रणालीमा आउने यौन समस्यालाई निको पार्दछ ।
ग) टेस्टोस्टेरोनः यो पुरुष हर्मोन हो तर महिलाहरुमा पनि केही मात्रामा हुन्छ । यसको प्रयोगले पनि महिलाहरुमा यौन शक्ति बढाउँछ । तर यसको धेरै मात्रामा र धेरै समयसम्म प्रयोग गर्दा पुरुषको जस्तो स्वर हुने र अनुहारमा, साप्राहरुमा रौंहरु पलाउन सक्ने भएकाले बेलाबेलामा रेखदेख गरिराख्नुपर्छ ।


हामीहरुले खाने खानेकुरा हरुमा पनि योन क्षमता बढाउंने पौष्टीक पदार्थ पाईन्छ जस्तै रेड वाइन, स्याउ, मेथी, चकलेट, कफी, मह, स्ट्रबेरी, काँचो ओएस्टर, खुर्सानी, सिमली, केरा, आलु, केशर, काउली, ल्वाङ, अण्डा आदि ।


महिलाको योनांग सुत्केरीपछि धोल्लो हुने, सुख्खा हुने, खोक्दा, हास्दा आदि अवस्थामा बारम्बार पिसाब चुहिरहने समस्याहरुका लागि लेजरको प्रयोग गरेमा, आफनै शरीरको रगत सफा गरेर ल्पेटलेट निकालेर धोल्लो भएको योनीमा सुईमार्फत लगाएमा र शल्यक्रियाबाट पनि योनीको आकार प्रकार बनाउन सकिन्छ ।

त्यस कारण जति पुरुषहरुलाई यौन चाहना र आकांक्षा हुन्छ त्योभन्दा बढी महिलाहरुलाई हुन्छ । खुला मनले दम्पतीहरुबिच यौन इच्छालाई बुझायौं, मनन गरौं, यौन एउटा ऊर्जा हो, शक्ति हो र उपचारको एउटा विधि पनि हो । त्यसैले सवस्थकर यौन जीवनलाई भेदभाव नगरिकन प्रयोगमा ल्याइदिएमा भविष्यको जीवन रोग मुक्त हुने छ र स्वस्थकर हुनेछ ।


डा.शर्मा, स्त्री, प्रसूति तथा निसन्तानपन विज्ञ हुन् । उनी पोखरा पस्र्याङको सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टरसँग आवद्ध छन् ।

तपाईको प्रतिक्रिया