एलेक्से र आसाकुरालाई उपाधि

पोखरा ।
कास्की जिल्ला टेनिस संघले पोखरामा आयोजना गरेको आइटिएफ जे–३० टेनिस प्रतियोगितामा मेन्स सिंगलतर्फ एलेक्सि सिभायव प्रथम भएका छन् । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा भारतका प्रनिल शर्मालाई ६–१ र ७–५ को सेटमा पराजित गर्दै उनले एकलतर्फको उपाधि जितेका हुन् ।
महिला एकलतर्फ जापानकी उता आसाकुराले प्रथम स्थान हाँसिल गरिन् । फाइनल खेलमा उनले भारतकी यासिका सोकिनलाई १–६, ६–४ र तेस्रो सेटमा ६–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा गराएकी हुन् ।
पुरुष डबल्सतर्फ जापानका को फुजिकावा र रोया सासामोतोको जोडीले भारतका प्रविर मुकेस छाप्दा र अमृत मोण्डको जोडीलाई १–६, ६–४ र सुपरटाईमा १०–५ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । महिला डबल्सतर्फ भारतका दिसा बेहरा र अर्जान खोराकिवालाको जोडीले भारतकै एन्जल पटेल र यासिका सोकिनको जोडीलाई ६–२, ६–१ को सटेमा पराजित गर्दै प्रथम हुन सफल भए ।
प्रतियोगिताका विजयी खेलाडीलाई गण्डकी प्रदेस सभा सदस्य प्रकाश बराल, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल पर्यटन बोर्ड, गण्डकीका निमित्त कार्यालय प्रमुख नवीन पोखरेल, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ लगायतले मेडल प्रदान गरे ।
सांसद बरालले कास्की जिल्ला टेनिस संघले वर्सेनि आयोजना गर्दै आएको यो प्रतियोगिता गण्डकी प्रदेशवासीले गौरव गर्नुपर्ने प्रतियोगिता भएको औंल्याए । उनले यसको निरन्तरतामा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रम संघ कास्की अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको हो । प्रतियोगिताको दोस्रो सर्किट आगामी सोमबारदेखि सुरु गरिने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया