खाष्टे सहकारी १३ वर्षमा

समाधान संवाददाता २०८० मंसिर १७ गते १२:३०

लेखनाथ ।
पोखरा २६ मा रहेको खास्टे बचत तथा ऋण सहकारी १३ औँ वर्षमा प्रवेश गरेको छ ।

Advertisement

शनिबार भएको संस्थाको साधारणसभामा पोखरा महानगरपालिका सहकारी महाशाखा प्रमुख रविरमण तिवारीले आर्थिक अनुशासन नहुँदा केही सहकारी समस्यामा परे पनि सबै सहकारीलाई एउटै दृष्टिकोणले हर्न नहुने जनाए ।

कार्यक्रममा सहकारी विज्ञ राममणि ढुंगाना, जल्धारे बचत तथा ऋण सहकारीका अध्यक्ष विष्णुप्रसाद बराल, खास्टे मत्स्य सहकारी सचिव नवराज ढुंगाना, निवर्तमान अध्यक्ष देवानन्द दाहाल, सेयर सदस्य डा उपमन्यु ऋषिराम पौडेल, सहकारीका उपाध्यक्ष सावित्री न्यौपाने, लेखा समिति सदस्य वीरेन्द्र दाहाल लगायतले बोलेका थिए ।

Advertisement


कार्यक्रम संस्थाका अध्यक्ष शिवजी तिवारीको अध्यक्षतामा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया