युनिप्स खेल महोत्सवमा एथलेटिक्स सुरु

समाधान संवाददाता २०८० मंसिर १७ गते १३:१४

पोखरा ।
पोखरा रंगशालामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत एथलेटिक्सतर्फका खेल शुक्रबारबाट सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयको छाता संस्था युनिप्स नेपालको आयोजनामा जारी प्रतियोगितामा ट्रयाक एन्ड फिल्डतर्फका खेल जारी रहेको अध्यक्ष शान्तबहादुर गुरुङले जनाए ।

Advertisement


मावि छात्र १०० मिटर दौडमा होली एन्जलका निरज राई प्रथम भएका छन् भने कालिका इङलिस बोर्डिङ स्कुलका शिशिर खडका दोस्रो, वेलननका आयुष मगर तेस्रो तथा शिलसिला इङलिस बोर्डिङ स्कुलका जोन परियार चौथो बने । छात्रा मावि १०० मिटर दौडमा शिलसिला इङलिस बोर्डिङ स्कुलकी सोफिया पौडेल, पिनाकल एकेडेमीकी आरती बानिया, कालिका इङलिस बोर्डिङ स्कुलकी सुस्मिता तिवारी र वेलनन एकेडेमीकी सन्ध्या विक क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो भएका छन् ।


आधारभूत तह कक्षा (१–५) छात्र १०० मिटर दौडमा वेलननका सोहन नेपाली, स्माइल स्मल हेभेन एकेडेमीका अनमोल गुरुङ, गेफका निशान चौधरी, र कालिकाका सिमन थापामगर क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो भएका छन् । छात्रातर्फ क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्नेमा शिलसिलाकी सोफिया पौडेल, स्माइल स्मल हेभेनकी स्वेच्छा पाहारी, वेलननकी शिवानी पौडेल र कालिकाकी विपिना पौडेल छन् ।


२०० मिटर छात्र मावि तह भएको प्रतिस्पर्धामा कालिकाका शिशिर खड्का पहिलो, वेलननका मनिष केसी दोस्रो, गेफका दिपेश सुनार तेस्रो र होली एन्जलका सुमन परियार चौथो हुँदा छात्रातर्फ वेलननकी सन्ध्या विक, कालिकाकी सुस्मिता तिवारी, पिनाकलकी, आरती बानियाँ र एकताकी वविता पौडेल क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो भएका छन् ।


आधारभूत तह कक्षा (१–५) २०० मिटर छात्र दौडमा पिनाकलका एलेक्स तामाङ, कालिकाका रिदम सारु मगर, वेलननका यमन आले, स्माइल स्मल हेभेनका अनमोल गुरुङ तथा छात्रातर्फ होली एन्जलकी श्रेया परियार, गेफकी एन्जल राई, शिलसिलाकी एन्जल गुरुङ र स्माइल स्मल हेभेनकी स्विकृती ढकालले क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गरे ।

Advertisement


महोत्सव अन्तर्गत नै मावि तह छात्र हाइजम्पमा स्माइल स्मल हेभेनका रोशन सुनार, कालिकाका प्रकाश त्रिपाठी, वेलननका प्रिन्स गुरुङ, पिनाकलका दिपेश सुनारले क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्दा, छात्रातर्फ कालिकाकी सुस्मिता तिवारी प्रथम, स्माइल स्मल हेभेनकी विभिका अधिकारी दोस्रो, पिनाकल एकेडेमीकी रक्षा घोताने तेस्रो र होली एन्जलकी सम्पदा बरालले चौथो बने ।


छात्र मावि तह लङ जम्पमा गेफका आयुष दर्नाल, कालिकाका शिशिर खड्का, वेलननका मनिष केसी, स्माइल स्मल हेभेनका समिर पाहारी, छात्रातर्फ वेलननकी सन्ध्या विक, एकता आवासीयकी बबिता पौडेल, कालिकाकी शिला तिवारी र पिनाकलकी रक्षा घोतानेले क्रमशः पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गरे ।


आधारभूत तह कक्षा (१–५) तर्फ लङजम्पमा कालिकाका रिदम सारु मगर, पिनाकलका युनिक गुरुङ, वेलननका अध्यान गुरुङ, होली एन्जलका राज परियार क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्दा, छात्रातर्फ स्माइल स्मल हेभेनकी खुसी गुरुङ, वेलननकी नारियम वेगम, होली एन्जलकी अनिशा विक र कालिकाकी सविता तिमिल्सिना क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गरे ।


मावितह सटपुटतर्फ स्माइल स्मल हेभेनका रोशन सुनार, शिलसिलाका सुजल दाहाल, पिनकालका सविन नेपाली र वेलननका प्रिन्स गुरुङले क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ शिलसिलाकी स्नेहा चौधरी, कालिकाकी सुस्मिता नेपाली, होली एन्जलकी एलिजेवेथ परियार र पिनाकलकी अंकिता थापा क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान प्राप्त गरे ।


आधारभूत तह कक्षा (१–५) सटपुट छात्रतर्फ होली एन्जलका रन्जित सुनार, कालिकाका रिदम सारु मगर, पिनकलका अदीप नेपाली र वेलननका समिर क्षेत्री क्रमश पहिलो, दोस्रो, तेस्रो र चौथो भएका छन् भने छात्रातर्फ कालिकाकी पूजा भुजेल पहिलो, पिनाकलकी जोया चौधरी दोश्रो, वेलननकी नाजीरम वेगम तेस्रो तथा एकता आवासीयकी सपना शर्माले चौथो स्थान प्राप्त गर्न सफल भए ।


प्रतियोगितामा युनिप्समा आवद्ध १८ विद्यालयका ४ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया