राष्ट्रपति रनिङ सिल्ड उपाधि महेन्द्र मावि लाहाचोकलाई
हेमजा ।
माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्वारा आयोजित पाँचौं संस्करणको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि महेन्द्र मावि लाहाचोकले हात पारेको छ । यो महेन्द्रको निरन्तर पाँचौंपटकको जित हो ।
महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको हो । निष्पक्ष मावि ७ स्वर्ण ६ रजत ३ कास्य गरी १६ पदक साथ द्वितीय भयो । उदय मावि ४ स्वर्ण, ४ रजत र ४ कास्य गरी १२ पदकमा चित्त बुझाउँदै तृतीय भयो । प्रथमले नगद १५ हजार, द्वितीयले नगद १० हजार र तृतीयले नगद ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले शिक्षासँगै खेलकुदलाई पनि प्रथामिकतामा राख्नुपर्नेमा जोड दिए । विद्यार्थीको शिक्षासँगै खेलकुद वृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गरे ।
वडा नम्बर ४ का अध्यक्ष मदुसूदन अधिकारीले विगत झै जिल्ला, प्रदेशदेखि केन्द्रसम्म स्थान बनाउँदै खेलको माध्यमबाट माछापुच्छे« गाउँपालिकालाई चिनाउन आग्रह गरे । माछापुच्छ्रे गाउँपालिका शिाक्षा शाखा प्रमुख एवं खेल व्यवस्थापन उपसमिति संयोजक सम्झना पोरखेलले खेल भव्य र सौहार्दपूर्ण रुपमा सम्पन्न भएको भन्दै सहभागी विद्यालय, विद्यार्थी साथै विभिन्न भूमिकामा रहने सम्पूर्ण माहनुभाहरुमा धन्यवाद व्यक्त गरिन् ।
महेन्द्र मा.विको खेल मैदानमा ३० खेलका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक विद्मालयका ३ सय ८३ विद्यार्थीले भाग लिएको शिक्षा शाखा सहायक विष्णुप्रसाद अधिकारीले बताए । गाउँपालिका सामाजित विकास समिति संयोजक हरिबहादुर क्षत्रीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन महेन्द माविका प्रधानध्यापक जगनाथ अधिकारीले गरे ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया