एमालेकाे मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा सुरु

पोखरा ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार कर्णाली प्रदेशको दैलेख पुगेका छन् । अध्यक्ष ओलीले दैलेखमा भएको पेट्रोलियम अन्वेषणको विकल्प नभएको बताउदै दैलेखमा भएको पेट्रोलियम पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए ।
उनले भने ‘दैलेख पुरातात्विक महत्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो संभावना भएको जिल्ला पनि हो’, ‘हाम्रै (एमाले नेतृत्वको सरकारको) पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउँनु पर्छ भनेर अन्वेषणको कामका लागि टोली खटाएका थियौं ।’
नेकपा एमालेले बिहीबारदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित यात्रा सुरु गरेको छ । ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियान सहित एमालेले बैतडीको झुलाघाटबाट पाँचथरको चियो भन्ज्याङसम्मको झण्डै १८ सय किलोमिटर लामो यात्रा सुरु गरेकाे हो ।
पुस १ गते सकिने चल्ने यात्रा दैनिक एक सय किलोमिटर यात्रा गर्ने एमालेले लक्ष्य राखेको छ । गठनलाई थप मजबुत पार्ने उद्देश्यका साथ गर्न लागिएको मध्यपहाडी यात्रामा २० हजारजना सहभागी हुने दाबी गरिएको छ। यात्राका क्रममा साना ठूला खालका सभा हुनेछन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया