गण्डकी प्रदेशकाे प्रवेशद्धार पातिहाल्नेमा भारी हिमपात, संकल्प यात्रा प्रभावित हुँदैन: एमाले

बागलुङ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहित १ सय ५० भन्दा बढी केन्द्रीय नेता सहितको टोली मङ्सिर २० गते विहान बागलुङ र रुकुमको सिमाना पातीहाल्ने आइपुग्ने कार्यक्रम रहेको छ ।
‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने मुल नाराका साथ बैतडीको झुलाघाटदेखि यात्रासुरु गरेको टोलिलाई स्वागत सहितको व्यवस्थापनको लागि नेकपा एमाले बागलुङले तयारी तीव्र बनाएको छ ।
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा पर्ने बागलुङको निसीखोला स्थित पातिहाल्नेमा यतिबेला स्वागत गेट बनाउँने काम चलिरहेको छ । तर, सोमबार विहानदेखि यस क्षेत्रमा हिमपात सुरु भएको छ ।
समुन्द्र सतहदेखी ३ हजार मिटरको उचाइमा रहेको पातिहाल्नेमा हिमापतसँगै बढीरहेको चिसोका कारण यो स्थानमा स्वागत गर्ने कार्यक्रम प्रभावित हुन सक्ने नेकपा एमाले बागलुङका सचिव विष्णु भुषालले बताए ।
मंगलबार विहानसम्म हिमपात रोकिए र मौसम खुलेमा बुधबार पातीहाल्नेमै स्वागत गर्ने, हिमापत नरोकिए जेसिभीको सहायताले बाटो पन्छ्याएर निसीखोलाको झिवाखोलामा स्वागत गर्ने तयारी गरिएको सचिव भुषालले जानकारी दिए ।
वर्षा र हिमपातले कार्यक्रमका स्थान परिवर्तन भएपनि कार्यक्रम प्रभावित नहुँने र व्यवस्थापनमा बागलुङ जिल्लाले कुनैपनि कमजोरी नगर्ने पार्टी अध्यक्ष हिरा केसीको भनाई छ ।
अहिलेसम्म मंसिर २० गते विहान रुकुम र बागलुङ जिल्लाको सिमाना पातिहाल्नेमा स्वागत, सोहीदिन निसीखोलाको झिवाखोलामा भेटघाट, बुर्तिवाङमा स्वागत सहित भेटघाट, बडिगाड गाउँपालिकामा स्वागत, वामी टक्सारमा स्वागत गरि सोही साँझ गलकोटमा स्वागत गरि त्यही बस्ने व्यवस्था मिलाईएको जिल्ला अध्यक्ष केसीले बए । मौसमको प्रतिकुलता रहे पातिहाल्नेको कार्यक्रम बाहेक अन्य कार्यक्रम यथावत रहने उनको भनाइ छ ।
२१ गते गलकोटबाट बागलुङ बजार प्रस्थान गर्दा घोडाबाधेमा स्वागत, बागलुङ बजारको लोकतान्त्रीक चोकमा सभा, कालिका मन्दीरको दर्शन र मालढुंगा बागलुङ जिल्लाबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया