वेलननलाई युनिप्स खेलकुद उपाधि

पोखरा ।
संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा भएको पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ । पोखरा रंगशाला भएको खेलकुद महोत्सवमा सहभागी १८ विद्यालयलाई पछि पार्दै कुल १ सय ३३ अंकका साथ वेलननले उपाधि जितेको हो ।
हरेक २ वर्षमा हुने खेलकुद महोत्सवमा वेलननले यसअघि रनिङ सिल्डमा एक पटक कब्जा जमाइसकेको छ । वेलननले योसँगै लगातार चौथोपटक उपाधि जितेको हो । महोत्सवमा १ सय १० अंकका साथ कलिका इङलिस सेकेन्डरी स्कुल उपविजेता भएको छ । पोखरा रंगशालामा ४ दिनदेखि जारी खेलकुद महोत्सवमा ७४ अंक बटुल्दै पिनाकल एकेडेमी तेस्रो हुँदा ६३ अंकका साथ स्माइल स्मल हेभेन सेकेन्डरी स्कुलले चौथो स्थान प्राप्त गरेको छ ।
प्रतियोगिता खेलकुद उपसमितिका संयोजक विनोदकुमार नेपालीले फुटबल मावि छात्रतर्फको फाइनलमा वेलनन एकेडेमीले एकता आवासीयलाई ३–१ ले पराजित गर्दै च्याम्पियन भएको जनाए । स्मल स्माइल हेभेनले तेस्रो तथा होली एन्जलले चौथो स्थान प्राप्त गरेका छन् ।
विजेता विद्यालय तथा खेलाडीलाई गण्डकी प्रदेश शिक्षा निर्देशनालयका उपमहानिर्देशक घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, युनिप्स नेपालका संस्थापक अध्यक्ष ध्रुव गिरी लगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका गरे ।
उपमहानिर्देशक पौडेलले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा खेलकुद जोड्नु अपरिहार्य रहेको बताउँदै खेलाडी उत्पादनको मुख्य थलो नै विद्यालय रहेको उल्लेख गरे । युनिप्स नेपाल अध्यक्ष शान्तबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।
महोत्वमा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए । विभिन्न खेलका ६ सय खेलाडीलाई पुरस्कृृत गरिएको भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले जानकारी दिए । प्रतियोगिता गर्न करिब १२ लाख खर्च भएको आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया