जिफन्ट कास्कीमा नयाँ नेतृत्व

समाधान संवाददाता २०८० मंसिर १८ गते १६:००

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीको जिल्ला भेला भएको छ । भेलाले जनकराज सिग्देलको अध्यक्षतामा १० सदस्यीय जिल्ला समन्वय कमिटी गठन गरेको जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

Advertisement


कमिटीको सचिवमा दिपक थापा मगर, सदस्यहरुमा गोमा कार्की, सूर्यप्रसाद उपाध्याय, बालकृष्ण पोखरेल, रामेश्वर पौडेल, बबरसिंह दुलाल, नित्यानन्द लामिछाने, सीता भट्टराई र जिना मगर छन् ।


नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङले उद्घाटन गरेको कार्यक्रममा जिफन्ट संसदीय तथा स्थानीय तह संयोजन प्रमुख मीना गुरुङ, जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष खत्री, उपाध्यक्ष लीलाबहादुर कार्की, सचिव राजेन्द्रप्रसाद पौडेल लगायतले श्रमिकका सवालबारे बोलेका थिए । ‘श्रमजीवी वर्गको सम्मान, समृद्धिका लागि सुदृढ एवं परिपूर्ण लोकतन्त्र’ भन्ने नाराका साथ भेला भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया