स्वास्थ्यबारे तालिम र जाँच

पोखरा ।
सिद्धार्थ क्लब पोखराको आयोजना, नेपाल नर्सिङ संघ जिल्ला समिति कास्की र हिमाल अप्टिकल हाउसको प्राविधिक सहयोगमा अन्नपूर्ण गाउँपालिका ९ हिले स्थित हिले सामुदायिक स्वास्थ्य इकाइ परिसरमा अभिमुखीकरण एवं स्वास्थ्य शिविर भएको छ ।
हिलेमा स्तन तथा पाठेघर क्यान्सरसम्बन्धी अभिमुखीकरण एवं गर्भवती तथा भिआइए र आँखा परीक्षण गरिएको हो । कार्यक्रममा ४२ महिलाले भिआइए परीक्षण र ९९ जनाले आँखा परीक्षण गराएका थिए ।
अन्नपूर्ण गाउँपालिका वडा नं ९ का कार्यवाहक वडाध्यक्ष पुष्पा पुनले कार्यक्रमले विपन्न समुदायका सदस्यलाई स्वास्थ्यसम्बन्धी जानकारी दिएर जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा सुनाइन् । सिद्धार्थ क्लबका अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले समुदाय लक्षित कार्यक्रमले रोगको पहिचानका साथै आवश्यक औषधी वितरण र थप उपचारको परामर्शले सेवाग्राहीका स्वास्थ्य समस्या कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल नर्सिङ संघ कास्की अध्यक्ष मुना सिलवाल, क्लबका सचिव विनोदप्रसाद श्रेष्ठ र निर्देशक रवि मर्सानीले बोलेका थिए ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया