राजमार्ग प्रभावितका समस्या सुन्दै एमाले

पोखरा ।
नेकपा (एमाले) ले ‘झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा’का क्रममा मध्यपहाडी (पुष्पलाल) राजमार्गबाट प्रभावित कास्कीका जनताको सवाललाई बुझ्ने भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको याम्दीदेखि बाटुलेचौर हुँदै अर्मलासम्मको बाटो नछिचोलेको अवस्थामा अभियानको क्रममा स्थानीयले पार्टी नेतृत्वसम्म समस्या राख्न सक्ने पार्टीका जिल्ला कमिटी कास्की अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । सो क्षेत्रमा अहिले समस्या समाधान भएता पनि बाटो निर्माणको कामअघि बढेको छैन । मादी गाउँपालिकाको भैंसेबाट मुंग्रेबेसी हुँदै लमजुङ जानेबाटोमा मादी नदी भएका कारण केही समस्या छ ।
पार्टी स्थापनाको ७५ औँ वर्ष समारोहमा संस्थापक महासचिवको स्मृतिमा निर्मित मध्य पहाडी लोकमार्ग केन्द्रीत अभियानको टोलीलाई मंसिर २१ गते कास्कीको नयाँपुलमा स्वागत र मंसिर २२ गते पोखरा, लेखनाथ र रुपामा कार्यक्रम गर्ने तय भएको छ । पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली समक्ष राजमार्गबाट प्रभावित क्षेत्रका जनताले सवाल राख्ने व्यवस्था मिलाएको अध्यक्ष गुरुङले बताए ।
‘राजमार्ग केन्द्रीत अभियानमा आसपासको जनताको सवाललाई बुझेर सम्बोधन गर्ने व्यवस्था मिलाईएको छ,’ अध्यक्ष गुरुङले भने, ‘समृद्धिका लागि संकल्पयात्रा’का क्रममा पार्टी अध्यक्ष ओलीसहितको टिमले राजमार्ग प्रभावितको समस्यालाई बुझेर समाधानका लागि पहल गर्ने छ ।’
नेकपा (एमाले ) जिल्ला कमिटी कास्कीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष गुरुङले राजमार्ग प्रभावितको सवाललाई पार्टीले विधिसम्मत ढंगले हल गर्ने जानकारी दिए । सम्झौता भएर टेन्डरमा गइसकेको विषयलाई तोडमोड गर्न नहुने उनले सुनाए ।
उनले पोखरा बसाइँका क्रममा अध्यक्ष ओलीसँग संवाद गर्न र गुनासो सुनाउन पाइने व्यवस्था मिलाइने बताए । कास्कीको नयाँपुलदेखि लुम्ले, ढिकुरपोखरी, हेमजा, याम्दी, बाटुलेचौर, अर्मला, भलाम, मादी, मेलबोट थुम्सीकोट हँुदै लमजुङको सिमानामा पर्ने रुदी दोभानसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग पर्छ ।
एमाले कास्की एमालेले राजमार्ग अन्तर्गत कास्कीको नयाँ पुल, अन्नपूर्ण गाउँपालिका नाऊडाँडा, पोखरा २५ को हेमजामा स्वागत र भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । हेमजाको याम्दीदेखि कास्कीको अन्य क्षेत्रमा राजमार्गको संरचना नबनेका कारण एमालेले पृथ्वीराजमार्ग, बेगनास भोर्लेटार राजमार्गका कार्यक्रम गर्न लागेको छ ।
अभियान अन्तर्गत मंसिर २२ गते बिहान साढे ७ बजे पोखराको जिरोकिमीबाट ओलीसहितको टोली अगाडी बढ्ने कार्यक्रम तय भएको छ । टोलीलाई पोखराको अमरसिंहचोकमा स्वागत गरी बिहान ९ बजे तालचोक पुगेर पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । रुपा गाउँपालिकाले तालबेसीमा स्वागत गरेपश्चात टोलीलाई रुपाको पिप्लेबजारबाट बिदाइ गर्ने कार्यक्रम तय भएको छ ।
त्यसपछि टोली लमजुङतर्फ लाग्नेछ । पार्टीका स्थायी समितका सदस्य खगराज अधिकारीले एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले अभियान अन्तर्गत जनसम्बन्ध विस्तार र जनगुनासो एवं जनताका सुझाव संकलन गर्ने कार्यक्रम तय भएको बताए । उनले अभियानलाई जनपरिचालन तथा शक्ति प्रदर्शनको रुपमा लिनुपर्ने उल्लेख गरे । सामाजिक अराजकता मच्चाउने तथा संविधान बिरोधी काम गर्नेलाई सरकारले रोक्न नसकेको दाबी गरे ।
उनले लोकतन्त्र तथा गण्तन्त्रको रक्षाको लागि अभियान सार्थक बन्ने चर्चा गरे । विचार, दृष्टिकोण र संविधानवादसँग एमालेका चासो भएको उल्लेख गर्दै नेता अधिकारीले सीमा अतिक्रमणबाट गुमेको जमिन फिर्ता र राष्ट्रियता रक्षाका लागि अभियान चलाएको जनाए ।
एमाले स्थायी कमिटी सदस्य थममाया थापाले संकल्प यात्रामा जनताको व्यापक सहभागिता रहेको सुनाइन् । उनले गणतन्त्रलाई संस्थागत हुन नदिने खालका गतिविधिलाई चिर्नका लागि यात्रा गरिएको दाबी गरिन् । उनले पहाडको विकास नभएसम्म सिंगो देशको विकास हुन नसक्ने भएकाले यात्राको महत्व भएको उल्लेख गरिन् ।
एमाले कास्कीका उपसचिव एवं प्रचार विभाग प्रमुख दर्शन लामाले जिल्ला कमिटी कास्कीको तर्फबाट अन्नपूर्णको नयाँपुल र नौडाँडाको कार्यक्रमको संयोजन पार्टीका केन्द्रीय सदस्य राजीव पहारीले गर्ने जानकारी दिए । हेमजा मिलनचोकको संयोजन पार्टीका केन्द्रीय सदस्य कृष्ण थापाले गर्ने छन् । अमरसिंहचोक र तालचोकको संयोजन क्रमशः केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ र मञ्जुदेवी गुरुङले गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रमलाई व्यवस्थित गर्न खाना, खाजा तथा बासको संयोजकमा पार्टी अध्यक्ष मनबहादुर गुरुङलाई तोकिएको छ । प्रचारप्रसार समितिको संयोजक उपसचिव दर्शन लामा, खेलकुद, युवा विद्यार्थी तथा स्वयं सेवकको संयोजक उपसचिव नवराज ओझालाई तोकिएको छ । नेकपा (एमाले)ले सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय योजनासहित आगामी मंसिर १४ देखि पुस २सम्मको ३ हप्ता लामो समृद्धिका लागि संकल्प यात्राको कार्यक्रम तय गरेको छ ।








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया