‘बाँदर धपाउने मेसिन बनाइदिए ८ होइन, १६ करोड दिन्छु’

पोखरा ।
तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले गण्डकी विश्वविद्यालय मातहतको इनोभेसन सेन्टर र राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा अध्ययन अनुसन्धानका गर्न १० करोड दिन बजेट विनियोजन गर्यो ।
पोखरेल नेतृत्वको सरकारपछि पनि गण्डकीमा दुवटा सरकार बनिसके । तर, आविष्कार केन्द्रले आहिलेसम्म २ करोड रुपैयाँ मात्र सरकारबाट लगेको छ । बाँकी ८ करोड सरकारले बनाएको कार्यविधि अनुसार काम गरेपछि मात्र आविष्कार केन्द्र पाउँछ । तर, बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महावीर पुन र उनको आविष्कार केन्द्रलाई अर्को अफर गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले बुधबार गण्डकी प्रदेशमा मानव अधिकार र सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना कार्यान्वयनका अवस्थाका विषयकमा पोखरामा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै आविष्कार केन्द्रलाई ८ करोड दिने अफर गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश र समग्र देशकै समस्याको विषय बनेको बादर आतकलाई रोक्न ‘बाँदर धपाउने मेसिन बनाइदिए ८ करोड होइन, आविष्कार केन्द्रलाई ८ करोड थपेर १६ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यद्यपि गण्डकी इनोभेसन सेन्दरले बाँदर धपाउने बन्दुक र मेसिन बनाएको छ । त्यो बनाएको मेसिन प्रभावकारी नभएको मुख्यमन्त्री पाण्डेको गुनासो थियो ।
‘बाँदर र आतंकबाट जनता मुक्त हुनुप¥यो । तपाईंलाई ८ करोड होइन । ८ करोड थपेर १६ करोड दिन्छु भनेको छु,’ मुख्यमन्त्री पाण्डेले भने, ‘मन्त्रालयमा बाँदर नियन्त्रण गर्नुप¥यो भनेर अनुरोध गर्दै धेरै आउनुुहुन्छ ।’ यद्यपि मुख्यमन्त्री पाण्डेले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा २ करोड रुपैयाँ बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेका छन् ।
गाउँपालिका संघ गण्डकीका तथा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले पनि आफूले बाँदर आतंक नियन्त्रण गर्नकै लागि काम गरिरहेको सुनाए । उनले आहिले बाँदर आतंककै कारण पालिकाभित्रका गाउँहरु खाली हुन थालेको सुनाए । ‘बाँदरकै करणले खाद्यान्न अभाव भएपछि गाउँ छाडेर बसाई सर्ने बढे । अहिले बाँदर पालिकाको सबैभन्दा ठूलो समस्याका विषय बनेको छ,’ उनले भने । उनले जनतालाई जे चिजको आवश्यकता छ सोही अनुसार आफूले काम गरेको दाबी गरे ।
कार्यक्रममै बोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशबासीको मागलाई सम्बोधन गर्न ५ खर्बको बजेट आवश्यक रहेको सुनाए । ‘म मुख्यमन्त्री नियुक्त भएपछि बजेट निर्माणको प्रक्रिया अगाडि बढ्यो । योजना आयोगका साथीहरुले ३२ अर्बभन्दा माथिको बजेट नल्याउन सुझाए । तर, मैले नै धकेलेर करिब साढे ३३ अर्बको बजेट ल्याए । मुख्यमन्त्री कार्यालयमा यो बनाइदिनुपर्यो भनेर यति माग आयो कि अहिले सोच्छु र ५० वटा पालिका घुमेको हिसाबले भन्छु । सबै माग पूरा गर्न प्रदेशलाई ५ खर्बको बजेट आवश्यक रैछ,’ मुख्यमन्त्री पाण्डेले भने ।
मुख्यमन्त्री पाण्डेले विश्वका उत्कृष्ट मुलुकले भन्दा नेपालमा मावन अधिकारको अवस्था राम्रो रहेको दाबी गरे । उनले भने, ‘जेल बसेको मान्छेलाई सबै भन्दा मावन अधिकार भनेको के हो भन्ने थाहा हुन्छ । त्यो कुरा म पनि अनुभूति गर्न सक्छु । हिजो यहीँ स्वतन्त्रताका लागि पटकपटक जेल बसेको छु । त्यति बेला मानव अधिकार कति आवश्यकता कति छ भन्ने संवेदनशीलतालाई बुझेको छु ।’
उनले सामाजिक सञ्जालले पछिल्लो समय अराजकता फैलाइरहेको बताए । ‘अहिले कति जना मान्छेले फेस्बुकमा यो व्यवस्था विरुद्धमा स्टाटस लेखे । यो व्यवस्था फेरिने हो,’ मुख्यमन्त्री पाण्डेको प्रश्न थियो । उनले १९÷२० जनाले आन्दोलन गर्दैमा व्यवस्था परिवर्तन नहुने बताए । ‘अस्ति गण्डकीमा पनि व्यवस्था विरोधी आवाज उठे । के छ । रिपोर्ट भनेर सोधेको पहिलो दिन १९ जना दोस्रो दिन १७ जना थिए । अब यी व्यक्तिले माग्दैमा व्यवस्था परिर्वतन गर्ने ?’ उनको प्रश्न थियो । उनले यो व्यवस्थालाई उल्ट्याउने भन्दा व्यवस्थाका पक्षमा जनमत धेरै भएको बताए ।
कार्यक्रममा बोल्दै इन्सेक अध्यक्ष कुन्दन अर्यालले अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा मानव अधिकारको अवस्था राम्रो भएको बताए । बितेको ३ दशकदेखि मानवअधिकारका क्षेत्रमा काम गर्दा क्रमश अवथा सुधार भइरहेको उनको भनाइ थियो । ‘काठमाडौंमा संघीयता चाहिएन भन्दै फेसबुकमा स्टाटस लेख्न नाराजुलुस भएका छन् । यस्तो होइन । संघीयता आवश्यक छ । संघीयताकै करण मावन अधिकारको अवस्था राम्रो हुँदै गएको हो,’ अर्यालले भने ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया