स्टेप बाई स्टेप माविमा खेलकुद प्रतियोगिता

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:४१

पोखरा ।
स्टेप वाई स्टेप मावि मासबार पोखराको दुई दिवसीय ३५ औँ वार्षिक खेलकुद प्रतियोगिताको अन्तिम दिन मंगलबार विभिन्न खेलहरु अन्तिम चरणका फाइनल प्रतिस्पर्धा मालेपाटन चौर र विद्यालय प्रांगणमा सम्पन्न भएका छन् ।

Advertisement


भलिबल, रिले दौड, कुर्सी दौड, टग अफ वार आदि खेलहरुको फाइनल सोमबार सम्पन्न भइसकेका थिए । फुटबल, टेवल टेनिस, टग अफ वार खेलहरु मंगलबार सम्पन्न भएका छन् ।


दुई सय मिटर दैडको सिनियर छात्र तर्पm आश्रय कुँवर प्रथम, रोदिप थापा द्वितीय र आशीश रसेइली र युजन गुरुङ तृतीय भएका छन् । छात्रातर्पm कृतीका अधिकारी, पेलोरिका तिमिल्सिना, किन्जल गिरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् ।


जुनियर छात्रतर्पm रोशित लामिछाने प्रथम, प्रसङ पौडेल द्वितीय र आयुष करण तृतीय भएका छन् । छात्रातर्फ आकृति थापा, अनुशका शर्मा, अन्जिला बसौला र लक्षमी तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् ।


सिनियर फुटबलतर्फ मार्कोनी सदनको अनुप गिरीको टिम प्रथम भएको छ । ग्यालिलियो सदनको आश्रय कुवँरको टिम द्वितीय हुन सफल भएको छ । जुनियर फुटबलतर्फ आइन्सटाइन सदन प्रथम भयो । न्युटन सदनको टिम द्वितीय हुन सफल भएको छ ।

Advertisement

छात्रा रिले दौडतर्फ आइन्स्टाइन सदनको वर्षा सापकोटाको समूह प्रथम भएको थियो । छात्रा सिनियर टग अफ वारतर्फ आइन्सटाइन सदनका रासिका श्रेष्ठको समूह प्रथम भएको थियो । न्युटन सदनका वर्षा सापकोटाको समूह द्वितीय हुन सफल भएको थियो ।


सिनियर छात्र टेबल टेनिसमा सुहान थापा प्रथम र सुशान्त गिरी द्वितीय भएका थिए । विकल जिसी र प्रिन्स देवकोटा तृतीय हुन सफल भएका छन् । सिनियर छात्रा टेबल टेनिसमा किन्जल गिरी प्रथम र जेनिफर चौधरी द्वितीय भएका छन् ।


खेल शिक्षक इच्छा गुरुङको संयोजकत्वमा सम्पन्न खेलकुद प्रतियोगितामा डक्टर थापा, मेघनाथ गिरी, नवीन राना, रामचन्द्र शर्मा र युवराज लामिछानेले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । आइन्स्टाइन, मार्कोनी, ग्यालिलियो र न्यूटन गरी चार सदनमा विभाजित विद्यार्थीबिच सदनात्मक रुपमा प्रतिस्पर्धा गराइएका खेलहरुमा विजेता विद्यार्थीहरुलाई विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र संस्थापक प्रिन्सिपल निर्मला बरालले अविर लगाई बधाई तथा शुभकामना व्यक्त गरे ।

तपाईको प्रतिक्रिया