चरक हस्पिटलको वार्षिकोत्सवमा रक्तदान

मंसिर ।
पोखराको नागढुंगामा रहेको चरक हस्पिटलले विविधि कार्यक्रम गरी ११ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा भएको रक्तदानमा ५५ जनाले रक्तदान गरे ।
लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एमका ब्लड डोनेसन चिफ ठाकुरप्रसाद अधिकारीले पहिलो रक्तदाता लायन्स पोखरा माछापुच्छ्रेका अध्यक्ष अमिर भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान सुरुआत गरको थिए । वार्षिकोत्सवकै अवसरमा चरकले पोखरा २९ घोतघोतेमा रहेको दृष्टिविहीन निवासमा तिहारमा भएको भएको आगलागीबाट पीडितलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो ।
हस्पिटल अध्यक्ष रामचन्द्र रेग्मी र प्रबन्ध निर्देशक कपिल पोखरेलले अपांग मैत्री समाज दृष्टिविहीन आश्रमका इन्चार्ज सुशील गोदारलाई ६० हजारका सामग्री हस्तान्तरण गरेका हुन् । ती सामानमा अगरबत्ती, कपुर, कलम, डायरी लगायत छन् ।
पोखरामा आजदेखि सुरु भएको राष्ट्रिय औद्योगिक व्यापार मेलामा हस्पिटलले स्टल राखेको छ । हरेक दिन टिकट काट्नेमध्ये गोलाप्रथाद्वारा २ जनालाई होल बडी चेकअप निःशुल्क गरिदिने कार्यालय प्रशासक प्रदीप शर्माले जानकारी दिए ।
तपाईको प्रतिक्रिया