
जोमसोम ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको छेको पारेर जिल्ला प्रहरी कार्यालय मुस्ताङले यहाँका स्कुल तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई साइबर अपराध न्यूनीकरण गर्न अभियान सञ्चालन गरेको छ ।
घरपझोङ र थासाङ गाउँपालिकामा कक्षा ९ देखीमाथि स्नातक पढ्ने विद्यार्थीलाई साइबारे सचेतना कक्षा दिइएको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालयहरुमै पुगेर साइबर अपराधबारे कक्षा सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए ।
अभियानका क्रममा घरपझोङ गाउँपालिकामा रहेको जनहित मावि, धौलागिरी आवासीय मावि, तेजनिरला जनहित बहुमुखी क्याम्पस, जनकल्याण आधारभूत र जनवाल मावि मार्फाका विद्यार्थीलाई तालिम दिएको छ । थासाङ गाउँपालिका अन्तर्गत योगेन्द्र मावि, जनआदर्श अमरसिंह मावि, ज्ञानोदय मावि र धौलागिरि प्राविधिक शिक्षालयका विद्यार्थीलाई पनि प्रहरीले साइबरबारे प्रकाश पारेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
पछिल्लो समय प्रविधिको विकाससँगै विद्युतीय उपकरण कम्प्युटर, मोबाइल तथा यसको नेटवर्क प्रयोग गरी हुने कुनै पनि घटनालाई साइबर अपराधका रुपमा लिने गरिन्छ । इन्टरेनेटको माध्यमबाट सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गर्ने, यौनजन्य हिंसा, क्रेडिड कार्ड तथा एकाउन्ट आदिबाट बैंकिङ कसुर गर्ने, अरुको विद्युतीय उपकरण तथा नेटवर्र्कमा क्षति पु¥याउने र राज्य विरुद्ध हानीनोक्सानी गर्ने गतिविधि बढ्दै गएका छन् ।
बुधबार थासाङको धौलागिरी प्राविधिक शिक्षालयका ९३ विद्यार्थीलाई मुस्ताङ प्रहरीले सचेतना दिएको शिक्षालयका प्रिन्सिपल खड्क सुब्बाले जानकारी दिए । कक्षाबाट विद्यार्थीले साइबर अपराध तथा सामाजिक सञ्जालको उपयोगबारेमा जानकारी पाएका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया