तेक्वान्दोका प्रशिक्षकलाई हाइ पर्फमेन्स तालिम

पोखरा ।
तेक्वान्दोको ५ दिने हाइपर्फमेन्स प्रशिक्षण पोखरामा भएको छ । नेपाल तेक्वान्दो संघको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दोको समन्वयमा प्रशिक्षण भएको हो ।
प्रशिक्षण समापन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले यस प्रकारका प्रशिक्षणले युवा खेलाडीलाई नयाँ विषयवस्तुबारे जानकारी पाई खेलको प्रभावकारिता बढाउन सघाउने जनाए । सचिव पौडेलले खेलकुदको विकासका लागि मन्त्रालय गम्भीर रहेको जनाउँदै तेक्वान्दो खेलमा नेपालले अन्तर्राष्ट्रिय पदकसमेत ल्याउन सफल भएकाले यसको समुचित विकासमा ध्यान दिइने जनाए ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोखरेलको अध्यक्षतामा भएको भएको कार्यक्रममा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेल, प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, मन्त्रालयका खेलकुद महाशाखा प्रमुख खिमबहादुर भुजेल, तेक्वान्दो राष्ट्रिय प्रशिक्षक कविराज खड्गी, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ लगायतले बोलको थिए ।
प्रशिक्षणमा विभिन्न डोजाङका ३ डानभन्दा माथिका ३१ प्रशिक्षक जना थिए । सहभागीलाई किमयोङ विश्वविद्यालय कोरियाका प्राध्यापक पार्क जु सिक र क्वाङ वेय पार्कले सिकाएका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया