
काठमाडौँ ।
एसिसी उन्नाइस वर्षमुनि ९यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि एक सय ५३ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब ईमिरेट्स (युएई) स्थित दुवईको आइसिसी एकेडेमी–२ क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनायो ।
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिए । त्यसैगरी दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे । कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए ।
ओपनर अर्जुन कुमालले २१ रन जोडे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा १ रनमै आउट भए । नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुआती पाँच विकेट गुमाएको थियो ।
कप्तान देव खनालले १३ बल खेली शून्यमा आउट भए भने आकाश त्रिपाठी ६ रनमा आउट भए । तिलक भण्डारीले सात र सुवास भण्डारीले अविजित ८ रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए । साथै अमिर हसनले दुई तथा उबेद शाह र अली असफन्दले समान एक/एक विकेट लिए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया