लाहुरे टोलमा सडक ढलान

पोखरा ।
स्थानीय उपभोक्ता र वडाको सहकार्यमा पोखरा महानगरपालिका वडा नं. २६ को स्वर्णिम लाहुरे टोलमा बाटो ढलान भएको छ । ढलान सडक शनिबार पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले उद्घाटन गरे ।
अध्यक्ष थापाले टोलमा पहिलो प्राथमिकताको रुपमा रहेको सडक पूर्वाधारमा स्थानीय जनसहभागिता सहित निर्माण सम्पन्न भएको बताए । उनले वडामा गत र यस आर्थिक बर्षमा सडकलाई प्राथमिकता दिईएको उल्लेख गर्दै आगामी आर्थिक बर्षहरुमा शिक्षा र स्वस्थ्यमा बजेट विनियोजन गरिने स्पष्ट पारे ।
विगतको समयमा सडक पूर्वाधार अधुरा रहेकाले दुई वर्षको धेरैजसो बजेट यो क्षेत्रमा खर्चनु परेको उल्लेख गर्दै अध्यक्ष थापाले अव गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिइने उल्लेख गरे । बाटो निर्माण समिति अध्यक्ष भीमबहादुर सुनारी मगरको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाट, जमुना गुरुङ लगायतले बोलको थिए ।
वडाको १ लाख ५० हजार र स्थानीयको २ लाख ३० हजार रुपैयाँबाट ६५ मिटर सडक ढलान भएको हो ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया