उपन्यास सन एण्ड स्यडोज लोकार्पण

पोखरा ।
लेखक एन एच मानन्धरको उपन्यास सन एण्ड स्यडोज लोकार्पण भएको छ । पोखराको नयाँबजारस्थित अमेरिकन कर्नरमा शुक्रवार आयोजित कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । लोकार्पणपछि पुस्तकका विषयवस्तुमा आधारित रहेर संवाद गरिएको थियो।
भर्खर अंकुराउन थालेको प्रेममाथि परेको आघातले पात्रका जीवनलाई फरक गोरेटोमा डोहोर्याएपछिका घटना र समाजका अनगिन्ती आयामसँग उनिदैँ बग्ने कथाले जातीय तथा लैंगिक विभेद, भ्रष्टाचार अनि परिवारभित्रको द्वन्द्व समेटेको लेखकले सुनाइन्। आख्यानका रूपमा आएको भएपनि पात्रहरूका भोगाई र तिनले बाँचेका समयले पाठकलाई कैयन्ले बाँचेको कथासँग साक्षात्कार गराउने उनको दावी छ। अङ्ग्रेजी भाषामा लेखिएको पुस्तक सर्वसुलभ रूपमा पुस्तक पसल र ईबुक माध्यममा पनि उपलब्ध भएको जनाएकी छन्।
अस्ट्रेलियामा जन्मेकी लेखक एन एच मानन्धर नेपालकी बुहारी हुन् । उनले लामो समय नेपालमै बसेर सडक बालबालिकाका निम्ति काम गरेकी छन्।








राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया