गणपति लघुवित्त आठौं वर्षमा

समाधान संवाददाता २०८० मंसिर २४ गते १६:४८

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले पोखरा महानगरपालिका वडा नम्बर ३२ लामेआहालस्थित राधाकृण वृद्धाश्रममा ज्येष्ठ नागरिकहरुका लागि सहयोग गरेको छ ।


संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिग मार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरे । २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको गणपतिले २३ वटा जिल्लामा ४३ वटा शाखामार्फत ग्रामीण क्षेत्रका ३५ हजार २ सय ९२ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया