गणपति लघुवित्तद्वारा बिमा दाबी र सहयोग प्रदान
समाधान संवाददाता
२०८० मंसिर २४ गते १६:५१

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय साँगामा कार्यरत कर्मचारी सुरज गिरीको परिवारलाई बिमा र सहयोग रकम हस्तान्तरण भएको छ । उनको गएको साउन ३१ गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।
वित्तीय संस्थाको तर्फबाट बिमा बापतको रकम १० लाख रुपैयाँ गिरीको परिवारलाई उपलब्ध गराइएको हो । कर्मचारीहरुबाट सहयोग स्वरुप संकलन भएको रकम पनि परिवारलाई प्रदान गरिएको छ ।
बिमा र सहयोग गरी ११ लाख ३४ हजार रुपैयाँ आइतबार स्वर्गीय सुरजको परिवारलाई गणपति लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले चेकमार्फत हस्तान्तरण गरे । संस्थाको केन्द्रीय कार्यालय दुलेगौंडा तनहुँमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया