भूकम्प पीडितलाई सहयोग
समाधान संवाददाता
२०८० मंसिर २४ गते १६:५३
पोखरा ।
लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ । क्लबले जाजरकोट केन्द्रबिन्दु भई कात्तिक १७ गते गएको विनाशकारी भूकम्पबाट पीडित बनेकालाई ८५ हजार रुपैयाँ बराबरको सहयोग गरेको क्लबका अध्यक्ष टीकाबहादुर लम्सालले बताए ।
रुकुमको आठविसकोट नगरपालिका वडा नम्बर १४ मा पुगेर नगर प्रमुख रवि केसीलाई सहयोग हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले बताए । भूकम्पका कारण समस्यामा परेर यो जाडोमा खुला आकाशमुनि बस्न बाध्य भएका पीडितको दुःखमा साथ दिने हेतुले ८५ हजार रुपैयाँ बराबरको जाडोमा लगाउन मिल्ने न्यानो कपडा सहयोग गरेको लम्सालले बताए ।
भूकम्पले घर भत्काएपछि पीडितहरु बारीमा त्रिपाल टाँगेर बसिरहेका छन् ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया