मनोरोगबारे बिमर्श

पोखरा ।
बिजी हस्पिटल तथा गण्डकी मेडिकल कलेज मनोरोग विभागको आयोजनमा पोखरामा चौथो स्वास्थ्य संगोष्ठी भएको छ । शुक्रबार आयोजित सो सेमिनार २ शत्रमा विभाजित थियो ।
प्रथम चरणको अध्यक्षता डा भोजराज न्यौपाने तथा प्राडा तीर्थलाल उपाध्यायले गरेका थिए । पहिलो शत्रमा डा रोविन्का पन्त तथा डा सुनिता लामाले मनोरोग विषयक प्रस्तुतिकरण गरे ।
दोस्रो चरणको कार्यक्रम प्राडा देवकुमार थापा तथा डा तारा कोइरालाको अध्यक्षतामा भएको थियो । यो शत्रमा ध्रुव सुनार र प्राडा निर्मल लामिछानेले कार्यपत्र पेश गरेका थिए । उनीहरुले स्वास्थ्य जीवनका लागि शारीरिक एवं मानसिक व्यायामको आवश्यकताबारे प्रकाश पारेका थिए ।
बिजी हस्पिटल पोखराले नेपालमै प्रथमपटक भित्र्याएको शारीरिक एवं मानसिक व्यायामका लागि उच्च प्रविधिको मसिन डिपटिएमएसको चरणवद्ध थेरापीको विषयमा समेत अन्तर्संवाद भएको छ । सेमिनारमा सहभागीलाई फिस्टेल हस्पिटलका डा वसन्त ताम्राकार तथा गण्डकी मेडिकल कलेजका प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठले सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।
बुद्धिसागर स्मृति प्रतिष्ठानकी संरक्षक श्रीमती गंगादेवी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सुरक्षा सार्की तथा रामप्रसाद पौडेल लगायतले बोलेका थिए ।









लेकसाइडः नयाँ वर्षको गन्तव्य
पत्रकार र मिडियाको संख्या बराबर !
सम्पादकीय—गुरुङ संस्कृतिका धरोहरलाई श्रद्धासुमन
राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया