पार्वती गुरुङलाई सम्मान

दमौली ।
काठमाडाैँमा भएको सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुंगा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजारसहित सम्मान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई २५ हजार नगद र प्रमाणपत्र प्रदान गरे । कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले भने, ‘उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।’
सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको सुनाइन् । गुरुङले ४५ केजीमुनिको समूहमा बंगलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् ।
तपाईको प्रतिक्रिया